घरेलु हतियार प्रहारबाट सख्त घाइते यादवको मुद्दा दर्ता भएन

सदरलाइन संवाददाता ६ चैत्र २०७९, सोमबार १४:३६
 

कोहलपुर (बाँके) : बाँके बैजनाथ ५ गुरुवागाउमा शनिबार भएको झगडामा बिभिन्न घरेलु हतियार प्रहारबाट घाईते भएका सोहि ठाउँ निबासी राम निवासका छोरा काशिराम यादव सख्त घाईते भएका छन् ।

घाईते यादवको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भईरहेको छ भने सोहि झगडामा काशिरामका ८ बर्षीय छोरा मुकेश यादबको ढाड भाँचिएको छ र बाबु राम निवास पनि घाईते भएको स्थानियहरुले पत्रकारहरुसंगको भेटघाटमा बताए ।

सप्पल, खुर्पा लगाएत हातहतियारले जस्लाई देखे नि हिर्काउँदै हिँडेका अयोध्या प्रसाद यादवका छोरा राम किशोर यादबलाई मुद्दा चलाउन भन्दै आईतवारदेखि पिडित पक्षहरु ईलाका प्रहरी कार्यालय कोहलपुर आएपनि मुद्दा दर्ता हुन सकेको छैन । किन मुद्दा दर्ता गर्न ईन्कार गरिएको हो भन्ने प्रश्नमा प्रहरीसंग चित्तबझदो जवाफ नपाएको पिडितहरुको भनाई रहेको छ । यता प्रहरी भने घटनाको मुुचुल्का उठाएर सबै सुचना संकलन पश्चात मात्र मुद्दा दर्ता गर्ने मनस्थितीमा रहेको छ ।


केहि बर्ष अघि अयोध्या प्रसाद यादवकी छोरीसंग काशिरामले लभ चक्कर चलाएको र छोरी घर आएकोमा बेलुका पख एकाएक हराएपछि काशिरामले गाउमा तान्डब मच्चाएको बताईएको छ । यता मुद्दा दर्ता नभएपछि ईलाका प्रहरी कार्यालय परिसरमा रहेका पीडित पक्ष गाउँलेहरुले पत्रकार भेटघाट गरेर न्यायका लागि पहल गरिदिन अपिल समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका दुई महिलालाई बाघले खायो

६ चैत्र २०७९, सोमबार १४:३६
नेपालगञ्ज : बर्दियामा बाघले दुई महिलालाई खाएको छ । बर्दियाको मधुबन नगरपालिका वडा नं. ५ मा रहेको चिरउती सामुदायिक बनमा सोमवार दिउँसो दुई बजे दुबै महिलालाई बाघले खाएको हो । मधुबन नगरपालिका ५ की ५० वर्षीया धनसरा गुरुङ र सोही ठाउँकी ४५ वर्षीया समुन्द्री बुढाक्षेत्रीलाई बाघले खाएको बर्दिया प्रहरीले जनाएको […]

सम्बन्धित