ठाकुरद्वारामा कृषकलाई अनुदानमा कृषि यन्त्र वितरण

सदरलाइन संवाददाता २ असार २०७८, बुधबार १६:५१
 


ठाकुरबाबा (बर्दिया) : बार्दियाको पर्यटकिय नगरी ठाकुरबाबा नगरपालिकाले २६ जना कृषकहरुलाई कृषिकर्ममा सहयोग पुराउने उद्देश्यले ३५ प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको छ ।

ठाकुरबाबा नगरपालिका कृषि शाखाको आयोजनामा एक कार्क्रमका बीच नगरपालिकाको ३५ प्रतिशत अनुदानमा १९ जना कृषकलाई प्रति कृषक एक थानका दरले १९ थान पावर टीलर र ७ जना कृषकलाई प्रति कृषक एक थानका दरले ७ थान रीपर नगर प्रमुख घननारायण श्रेष्ठले वितरण गरेका हुन् ।

सो अवरसमा नगर प्रमुख श्रेष्ठले कृषिको यान्त्रिकरणको माध्यमबाट उत्पादकत्व वृद्धि गर्ने तथा उत्पादन लागत घटाई कृषि व्यवसायीलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले कृषि यन्त्र वितरण कार्यलाई निरन्तरता दिइएको बताए ।


नगर प्रमुख श्रेष्ठले नगर भित्रका कृषकलाई आधुनिकीकरण कृषि प्रणालीमा आर्कषण गरी कम लागतमा अधिकतम फाइदा लिन यस कृषि यन्त्रले सहयोग पुराउने आशा लिएको बताए । ठाकुरबाबा नगरपालिकाका ९ वटै वाडाबाट प्राप्त आवेदनलाई क्याटलक विधिबाट प्रत्येक वडाबाट २÷२ जनाको दरले छनोट गरिएको कृषि शाखा प्रमुख ध्रुवराज बमले जानकारी दिए ।

नगरपालिकाको ३५ प्रतिशत अनुदानबाट हुन आउने करिब १५ लाख रुपैयाँ नगरले र थप रकम कृषकले व्यहोर्ने गरी कृषि यन्त्र वितरण गरिएको बमले बताए ।ठाकुरबाबा नगरपालिकाको कृषि शाखाले यस अघि पनि सहकारीको सहकार्यमा २५ प्रतिशत अनुदानमा धानको बीउ वितरण गरिसकिएको एक व्यक्ति एक उत्पादन अन्तरगत आलु र मसाला खेतीमा लगानी रहेको कृषि शाखा प्रमुख बमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छोरीको हत्या आरोपमा बुवा पक्राउ

२ असार २०७८, बुधबार १६:५१
धनगढी : कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका–८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । प्रहरीका अनुसार जेठ २७ गते भैँसी गोठमा झुण्डिएको […]