बाँकेको समृद्धिका लागि वामगठवन्धनका उम्मेदवारलाई जिताउन एमाले नेता शंकर पोख्रेलको अपिल (भिडियो सहित)

७ मंसिर २०७४, बिहीबार २०:२८
 

सदरलाइनडटकम
७ मंसिर, नेपालगन्ज :  नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले बाँके जिल्लाको समृद्धिका लागि वामगठवन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरेका छन् । नेपालगन्जमा बुधबार आयोजित उद्योगी व्यापारीहरुको भेलालाई सम्वोधन गर्दै ५ नं. प्रदेशका सम्भावित मुख्यमन्त्री पोख्रेलले भने ‘वामगठबन्धनको सरकार बनाउन बाँके जिल्लाले सहयोग गर्यो भने बाँकेवासीले सोचेभन्दा बढी अवसर प्राप्त हुनेछ ।’
औद्योगिक विकासका लागि बाँके जिल्ला अत्यन्त उपयुक्त रहेको बताउदै नेता पोख्रेलले बाँके औद्योगिक तथा पर्यटकीय क्षेत्रका लागि प्रदेशकै उत्तम स्थान भएको दाबी गरे । उनले भने–‘म मुख्यमन्त्री हुने व्यक्तिगत चाहना भन्दा वामगठबन्धनका दुईशीर्ष नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको लागि राखेको प्रस्तावलाई स्वीकार गरेको हुँ ५ नं. प्रदेशमा म मुख्य मन्त्री भईसकेपछि ५ वर्षमै उल्लेखनीय काम गरी हेर्न र देख्नलायक प्रगति गर्ने छु ।त र, त्यसपश्चात म अहिले नै घोषणागर्छु पुनः मुख्यमन्त्री दोहोरिने छैन ।’ 
एमालेका स्थायी कमिटी सदस्य पोखरेलले राजनीतिक स्थायीत्व र स्थायी सरकारले देशको विकास गर्न सक्ने बताए । ‘हाम्रो देशमा भएका ठूल्ठूला आन्दोलन व्यवस्था फेरे पनि अवस्था फेर्न सकेन’–नेता पोखरेलले भने–‘अब स्थायी सरकार बनाएर अवस्था फेर्नुपर्छ ।’ उनले अब देशको विकासका लागि जागीर होइन, उद्यमशील र आर्थिक क्रियाकलाप कै बढोत्तरी गर्नुपर्ने कुरामा जोड दिए ।
स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारीको हव बनाएर नेपालगन्जलाई आर्थिक विकासको राजधानी बनाउन सकिने करामा जोड दिदै उनले भने–‘ यहाँ योजना र सपनाका साथ आउनु पर्छ विकासको लागि आफै माहोल र रकम जुट्छ ।’ उनले प्रदेश नं. ५मा सबै भन्दा बढी लगानी अनावस्यक बस्तुमा खर्च भएको कुरा उल्लेख गर्दै योजनालाई उत्पादक क्षेत्रमा लगाउने गरी आफुले ५ वर्ष भित्रमा विकासको जग हाल्ने र बाँकी निर्माणको अभिभारा नयाँ पुस्तालाई छाड्ने उद्दघोषका साथ आफु चुनाबी मैदानमा लागेको स्पष्ट परे ।
उनले भने–‘तपाईहरु बाम गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउनुहोस समग्र ५ नं. प्रदेशमा ३ महानगरपालिका सहित विभिन्न विकासका योजना र प्याकेज अनुसार नेपालगन्जलगायतका पुराना र पछाडि पारिएका स्थानको विकासको लागि कुनै कसर छाडिने छैन ।’ उनले नेपालगन्ज विश्वविद्यालय, आइटी कलेज, औद्योगिक क्षेत्र बिस्तार, सुख्खा बन्दरगाह, बहुउद्देश्यीय सभागृहको निर्माण गर्दै नेपालगन्जको विकासलाई अगाडि बढाउन सकिने बताउदै यी सबै कामहरु गर्नका लागि स्थायी सरकारको आवश्यकता पर्ने भएकोले बाम गठबन्धनलाई जिताउन अपिलसमेत गरे ।
वामगठबन्धनका तर्फबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्र, प्रदेश सभा ‘क’ का उम्मेदवार कामता खटिक र प्रदेश सभा ‘ख’ का उम्मेदवार विजयकुमार गुप्ताले पूर्वाधारको विकासमा अगाडि रहेको नेपालगन्जलाई अन्तराष्ट्रिय विमानस्थल, पर्यटकीय, शिक्षा र स्वास्थ्यको हब बनाउदै उद्योग धन्दालाई अगाडि बढाई रोजगारी सिर्जना गरी आर्थिक राजधानी बनाउन सकिने बताएका थिए ।
सो अवसरमा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, पूर्वअध्यक्षहरु दामोदर आचार्य, सतिशकुमार अग्रवाल, प्रतिष्ठित व्यापारी प्रदीप छाछेड, भाष्कर काफ्लेले पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, निवर्तमान सांसद दिनेशचन्द्र यादवले नेपालगञ्जको विकासका लागि वामपन्थी सरकार आवश्यक रहेकोमा कुरामा जोड दिएका थिए । वामगठबन्धनलाई नेपालगन्ज उद्योग बाणिज्य संघको टीमले न्यानो स्वागत गरेको छ । कार्यक्रममा उपस्थित भएर संघमा रहेका पदाधिकारीहरुले वामगठबन्धनको जीतका लागि शुभकामना दिएका छन् ।
यसैबीच, बृहत व्यवसायिक भेलामा राप्रपाका जिल्ला सदस्य एवं नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता अभय बस्नेत, राप्रपाका अब्दुल करिम खाँ, सगिर खाँ र फोरमका मिसवाउल हक एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले स्थायी कमिटी सदस्य पोख्रेलले सदस्यता दिएर स्वागत गरेको थिए ।


Next Post

लोकतान्त्रिक गठबन्धन घरदैलोमा व्यस्त

७ मंसिर २०७४, बिहीबार २०:२८
सदरलाइनडटकम ७ मंसिर, नेपालगन्ज : बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले विहीबार पनि चुनावी कार्यक्रमलाई निरन्तरता दिएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्मा केही दिनदेखि नरैनापुर गाउँपालिकामा घरदैलो कार्यक्रममा व्यस्त छन् । उनले गंगापुरमा घरदैलो गरिएको प्रचारप्रसार सचिवालय सदस्य लुटबहादुर […]