बाँकेमा असार ७ सम्म लम्ब्याईयो निषेधाज्ञा

सदरलाइन संवाददाता ३१ जेष्ठ २०७८, सोमबार १५:५७
 


नेपालगञ्ज : कोरोना कहरबाट जोगिन गत बैशाख १३ बाट जारी निषेधाज्ञा केहि खुकुलो बनाउँदै थप सात दिन लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै संक्रमणको जोखिम अझै कायम रहेका जनाउदै यसको रोकथाम र नियन्त्रणका लागि आगामी असार ७ गतेसम्म जिल्लामा जारी निषेधाज्ञा लम्बाएको हो ।

केहीदिन यता संक्रमणको दर घटेको भन्दै निषेधाज्ञा हटाउन माग गरिरहेको बेलामा प्रशासनले सोमबार जारी गरेको सूचनामा यसपटक भने दैनिक उपभोग्य लगायतका पसल व्यवसायहरु बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाईने गरी खुकुलो परिएको जनाएको छ ।

त्यस्तै रेष्टुरेन्टबाट हुने प्याकिङ्ग तथा टेक अवे सेवा सञ्चालन गर्न पाइने छ । प्रशासनका अनुसार विवाह, ब्रतबन्ध, मृत्युु संस्कार लगायतका सामाजिक कार्यहरू बढीमा पन्ध्रजना मात्र सहभागी भई गर्न पाईने जनाएको छ ।


संक्रमण नियन्त्रणका लागि बाँके प्रशासनले जिल्लामा वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएको छ । अहिले संक्रमण दर सङ्गै मृत्युदरमा समेत दैनिक कमी आउन थालेपछि जारी निषेधाज्ञा केही खुकुलो बनाएको हो । निषेधाज्ञा लम्ब्याउने क्रम संगै जाँचको दायरालाई पनि बढाउदै संक्रमणको चेन घटाउन तर्फ स्थानीय प्रशासनले चासो दिन आवश्यक छ । सूचना यसैमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पैदलयात्रीलाई ठक्कर दिई फरार रहेका थारु प्रहरी नियन्त्रणमा

३१ जेष्ठ २०७८, सोमबार १५:५७
बर्दिया (गुलरिया)  : बर्दिया पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना गरी पैदलयात्रीलाई घाइते बनाएर फरार रहेका एक जना आरोपीलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका वडा नम्वर ९ माछागढमा गतसोमवार पैदलयात्रीलाई ठक्कर दिइ गम्भीर घाइते बनाएर मोटरसाइकल सहित फरार रहेका ककौरा निवासी ३६ […]