सदरलाइनडटकम,
नेपालगन्ज : भारतमा ज्याला मजदुरी गरी नेपाल आउदै गरेका एक युवक भारतमै लुटीएर अचेत अवस्थामा नेपाल आई पुगेका छन् । उनी नानपारा नजिकै लुटीएको हुन ।
भारतको दिल्लीमा ज्याला मजदुरी गरी नेपालगन्ज आउदै गरेका बाँके राप्ती सोनारी–४ का लालसिंह कुँवर लुटिएका हुन । उनलाई फ्रुटी जुसमा नशालु पदार्थ सेवन गराई लुटिएको जानकारी प्राप्त भएको छ ।
नशालु पदार्थ सेवन गरी बेहोस अवस्थामा रहेका कुँवरलाई सोही बसमा यात्रा गरेका सञ्चारकर्मी देबिराम कुशारीले उद्दार गरी नेपालगन्ज ल्याई पुर्याएका थिए ।
पीडित कुवरका साथबाट लुटेराले १३ हजार भारतीय रुपैयाँ लुटेर लगेको जानकारी आएको छ । उनको नेपालगन्जको भेरी अञ्चल अस्पतालमा उपचारको लागि पुर्याईएको ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज प्रहरी नायव निरिक्षक शिवकुमार वलीले जानकारी दिए छ ।
