प्रथम उप–मेयरकप छात्रा क्रिकेटको उपाधि नेपालगञ्ज मोडेल एकेडेमीलाई

२९ फाल्गुन २०७५, बुधबार ०६:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा सम्पन्न प्रथम अन्तरमावि उपमेयर छात्रा क्रिकेटको उपाधि नेपालगञ्ज मोडेल एकेडेमीले जितेको छ । मंगलबार भएको फाईनल खेलमा होलिल्याण्ड माविलाई १ रनले किनारा लागउदै मोडेल एकेडेमीले उपाधी जितेको हो ।
खेलमा टस जितेर पहिला व्याटिग गरेको नेपालगञ्ज मोडेल एकेडेमीले १५ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय २६ रन बनाएको थियो । यसमा स्वातिका बजगाइले ५५, सुस्मिता बजगाइले १३, शोभा शाहीले ११ रनको योगदान रहेको थियो । होलिल्याण्डका बलर मलिका शर्मा र श्रृष्टी पौडेलले १ विकेट लिइन । जबाफी व्याटिगमा आएको होलिल्याड्ले १५ ओभरमा ३ बिकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो । उसका लागि श्रृष्टी पौडेलले ३५ र सुमन योगीले ३३ रन बनाउनु वाहेक अन्यले राम्रो प्रदशन गर्न सकेनन् ।
मोडेल एकेडेमीकी स्वातिका बजगाइ र पबित्रा चन्दले क्रमशः १÷१ विकेट लिन सफल भए । प्रतियोगितामा मोडेलकी सुस्मिता बजगाइ बेस्ट व्याटस वुमेन , मंगलकी प्रतीक्षा चौधरी बेस्ट बलर, आदर्शकी निशा पुन मगर उदयमान खेलाडी, मंगलकी अखिला जिएम बेस्ट फिल्डर र प्लेर अफ द सिरिज होलिल्याड्का श्रृष्टी पौडेल घोषित भए ।
प्रतियोगितामा बिजयी स्कुलले ४० हजार र उपबिजेता स्कुलले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । बिजेता तथा उपबिजेता स्कुललाई प्रमुख अतिथी नेपालगञ्ज उपमहानगरपालिका उप मेयर उमा थापा मगर, वडा २ का अध्यक्ष सुनिल सिह हमाल लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा संचालित प्रतियोगितामा १४ वटा टिमको सहभागीता रहेको थियो ।  

Next Post

सिकेसँग सम्झौताकोे विरोध गर्ने समातिए

२९ फाल्गुन २०७५, बुधबार ०६:४४
सदरलाइनडटकम, काठमाण्डौ : सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा उत्रिएका मानवअधिकार तथा शान्ति समाजसम्बद्ध १६ जनालाई प्रहरीले पक्रेको छ । सरकार–सीके राउतबीचको सहमतिको विरोधमा बुधवार सिंहदरबारअगाडि गरिएको प्रदर्शनकाक्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अधिकारकर्मी कृष्ण पहाडी, सो समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, […]