सदरलाइनडटकम,
बैतडी : बैतडीको पाटनमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन । धनगढीबाट दार्चुला जाँदै गरेको १२५७ नम्बरको अनटेष्ट जीप दशरथचन्द राजमार्ग अन्तर्गत पाटनमा दुर्घटनाग्रस्त भएको हो ।
आईतवार बिहान जीप सडकबाट २५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपका चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडालको घटनास्थलमै मृत्यु भएको हो ।
त्यसैगरी दुर्घटनामा दार्चुला दुहु ४ का २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१ वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीया द्रोपती जोशी घाईते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
