नेपालगञ्जमा जेठ ३१ सम्म गर्मी विदा थप

सदरलाइन संवाददाता २६ जेष्ठ २०८०, शुक्रबार १६:२६
 

नेपालगञ्ज : नेपालगञ्जमा गर्मी विदा फेरि थप गरिएको छ । गर्मी अत्याधिक बढेपछि जेठ ३१ गतेसम्म विदा थप गरिएको हो ।

यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी विदा गरिएकोमा पुनः २६ गतेसम्म थपिएको थियो । शुक्रवार फेरि चार दिन विदा थपिएको नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । चालू शैक्षिक सत्रको गर्मी विदामा समायोजन हुने गरी विदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।


दिन प्रति दिन गर्मी बढ्दै जाँदा पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले विदा थप गरिएको थापाले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराईमा आगामी पाँच दिन तातो हावा (लु) यथावत रहने देखिएको र जिल्ला प्रशासन कार्यालय बाँकेबाट पूर्व सावधानी अपनाउन सार्वजनिक अपिल जारी गरिएकाले विदा थपिएको शिक्षा महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठाकुरबाबामा रोजगार रणनीति तयार गरिँदै

२६ जेष्ठ २०८०, शुक्रबार १६:२६
नेपालगञ्ज : बर्दियाको ठाकुरबाबा नगरपालिका रोजगार सेवा केन्द्र र बाँके यूनेस्को क्लबको संयुक्त आयोजनामा रोजगार रणनीति २०८० सम्बन्धि कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्बलद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत रोजगार रणनीति तर्जुमाकालागि रोजगार संवाद मञ्चका पदाधिकारीहरु तथा सरोकारवाला निकायको क्षमता अभिवृद्धि र अन्तरक्रिया […]