बाँकेमा २ जना संक्रमित थपिए, ६९ डिष्चार्ज

सदरलाइन संवाददाता ३० जेष्ठ २०७८, आईतवार १६:५०
 

नेपालगञ्ज : बाँकेमा आइतवार २ जना मात्र कोरोना संक्रमित थपिएका छन् । जुन जम्मा परिक्षणको ११.८ प्रतिशत हो । यस्तै आइतवार ६९ जना डिष्चार्ज भएका छन् । यहाँका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका समेत गरी १७ जनामा कोरोना पुष्टि भएको छ । आज यहाँका अस्पतालमा थप ६ जनाको मृत्यु भएको छ । त्यसमा बाँकेका एक जना छन् ।

भेरी अस्पतालमा ९ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ५ र बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा जिल्ला र जिल्ला बाहिरका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।

हालसम्म बाँकेमा १७ हजार ३ सय ४४ जना संक्रमित भएका छन् । ती मध्ये १६ हजार ८ सय ६२ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ७ जनाको मृत्यु भएको छ ।

जिल्लामा १ सय ७५ जना सक्रिय संक्रमित रहँदा १ सय ७ जना अस्पताल र आइसोलेसनमा छन् भने १ सय ८८ जना होम आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

३० जेष्ठ २०७८, आईतवार १६:५०
नेपालगञ्ज : लुम्बिनी प्रदेशसभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण (बजेट) ल्याउने बाटो […]