बाँकेमा ७० प्रतिशत रोपाई सम्पन्न, प्रयाप्त वर्षात नहुँदा रोपेको धान खेतमै सुक्दै

सदरलाइन संवाददाता १३ श्रावण २०८१, आईतवार २०:१४
 

नेपालगञ्ज : बाँकेमा आकाशे पानीको भर पर्दा साउनको दोस्रो साता सकिन लाग्दा पनि हालसम्म धान खेती हुने भू–भाग मध्ये ७० प्रतिशतमा रोपाइँ सकिएको छ । रोपाइँका लागि सिचाईको सुविधा नभएको कारण रोपेको खेतमा समेत सुकेर धाँजा फाटेको छ ।

साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा सिचाईको सुविधा नपुगेको ठाउँमा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । उसो त किसानहरु खाल्टाखुल्टीमा जमेको पानी र बोरिङ्गको मदतले धान रोपे पनि वर्षात हुन नसकेको कारण रोपेको खेत पनि सुक्दै गएको गुनासोे छ ।

धानको विउ पनि बुढो हुदै गएको र खेतमा पानी नभएको कारण टाढा टाढाबाट पानीको जोहो गरेर रोपाई गर्दै आएको नेपालगञ्ज– १३ उदयपुरका किसानको भनाई छ ।


खेती किसानीको बेलामा सिचाईको व्यवस्था नहुनु, रासायनिक मलमा सहकारीको सिण्डिकेटका कारण आफुहरुले नपाउनु र सिचाईको लागि डिजल, पेट्रोल महंगो हुनु, विद्युतको अनियमितताका कारण विभिन्न हन्टर खादै खेती गर्नु परेको अर्का किसानको दुखेसो छ ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमदले बाँकेमा साउनको १० गतेसम्म करिव ७० प्रतिशत रोपाई भएको बताए । उनले वर्षात न्युन भएको कारण किसानलाई धान रोप्नको लागि समस्या भएको औल्याए ।

बाँकेमा ३४ हजार ८ सय ५० हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । साउनको १० गतेसम्म ७० प्रतिशत रोपाई भए पनि सुख्खाको कारण रोपेको खेत पनि सुक्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फलामको रड प्रहार गरेर श्रीमतीको हत्या

१३ श्रावण २०८१, आईतवार २०:१४
दाङ  : दाङमा श्रीमानले फलामको रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन । राजपुर गाउँपालिका–१ रसरीखोला निवासी ३८ बर्षिय गणेश घर्तीले फलामको रड प्रहार गरि श्रीमती ३७ बर्षिय बसन्ती घर्तीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमान गणेशलाई घटनास्थलबाट नियन्त्रणमा लिएको प्रहरी निरिक्षक कालिका कार्कीले जानकारी दिए । दुबै जना आइतबार बेलुकासंगै […]

सम्बन्धित