द्वन्द्वकालिन घटनाको न्यायको प्रत्याभुति गराउन माग

सदरलाइन संवाददाता ११ चैत्र २०७९, शनिबार १३:४८
 

नेपालगञ्ज : बाँके राप्तीसोनारीका द्वन्द्व पीडितले द्वन्द्वकालिन घटनाको सत्य उजागर गरि न्यायको प्रत्याभुतिको माग गरेका छन् ।

एडभोकेसी फोरमले बाँके अगैयामा आयोजना गरेको सत्यको अधिकार दिवस सम्बन्धी कार्यक्रमका सहभागी द्वन्द्व पीडितले द्वन्द्व सकिएको वर्षौँ हुँदा समेत न्यायको प्रत्याभुति गर्न नपाएको गुनासो गर्दै पीडित लक्षित कार्यक्रम ल्याउन स्थानीय सरकारसँग माग गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले द्वन्द्व पीडितको लागी शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका थिए ।


कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, मानव अधिकार आयोगका अधिकृत दयाराम पाठक, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतम, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, नेपागन्ज उच्च बारका पुर्व अध्यक्ष अधिवक्ता बल बहादुर चन्द, नेपाल पत्रकार महासंघ, नागरिक समाजका प्रतिनिधिहरुको सभागिता रहेको थियो ।

अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसका सन्दर्भमा अधिकारवादी सस्था एडभोकेसी फोरमले राप्तीसोनारी गाउँपालिकासँगको सहकार्यमा बाँकेको अगैयामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सत्य थाहा पाउने अधिकारमा राज्यको दायित्व बिषयमा अन्तरक्रिया कार्यक्रम राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा नाकामा पुनः भेटिन थाले कोरोना संक्रमित

११ चैत्र २०७९, शनिबार १३:४८
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहरमा उच्च विन्दुमा पुगेको बाँकेमा पुनः संक्रमित भेटिन थालेका छन् । जमुनाहा नाका भएर भारतबाट फर्किने नेपालीमा पुनः कोरोना सङ्क्रमण देखिन थालेको हो । लामो समयसम्म फाट्टफुट्ट मात्रै कोरोना सङ्क्रमित फेला परेपनि केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप–महानगरपालिका जनस्वास्थ्य निरीक्षक […]