कोहलपुरस्थित गेस्टहाउसमा एक व्यक्ति मृत भेटिए

सदरलाइन संवाददाता २० मंसिर २०७९, मंगलवार १५:०३
 

नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा न ११ बसपार्क पछाडी रहेको पुर्बपश्चिम गेस्ट हाउसमा एक युबक मृत फेला परेका छन् । सोमबार राती बर्थडे मनाउन आएका विशाल सिंह नामका ब्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

होटेल पुर्ब पश्चिममा कोहलपुर नगरपालिका वडा न ६ घर भएका विशाल सिंह मृत अबस्थामा भेटिएका हुन् । भारतको कारगिलबाट घर जाने भनेर विशाल र उनको साथी बिजयकुमार सिंह सगै हिँडेका थिए । मृतकसँगै आएका बिजय सिंहका अनुसार कोहलपुर आएपछि आफ्नो जन्मदिन मनाउने भनेर कोहलपुरको पुर्बपश्चिम होटलमा रुम लिएर बसेका थिए । रुममा दारुपार्टी चलेको उनका साथीहरुले बताएका छन् । दारुकै कारण निजको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेपनि अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।


मृतक विशालले आफ्ना अरु २ जना साथी सुदिप सुनार र सुशील शाहिलाई बोलाई जन्मदिन मनाएको सिंहको भनाई छ । जन्मदिन मनाएर राती १ बजे सुतेका विशाल बिहान उठाउँदा नउठेपछि होटल सञ्चालक जय बहादुर नाथलाई बोलाएको उनको भनाई छ । होटल सञ्चालक नाथका अनुसार बिहान तीन पटक उठाउन जाँदा नउठेको र पछि उनिहरुसँगै सुतेको एक जनाले डाक्टर बोलाउनु पर्यो भन्दा होटल सञ्चालक झस्किएका थिए । उनलाई मृत भेटेपछि आफुले प्रहरिलाई खबर गरेको नाथले बताए ।

प्रहरीले मृतकसँगै बसेका अन्य तीन जना माथि अनुसन्धान अगाडि बढाएको ईलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख डिएसपी एन बहादुर मल्लले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वागेश्वरी बहुमुखी क्याम्पसको वक्तृत्वकला सम्पन्न

२० मंसिर २०७९, मंगलवार १५:०३
कोहलपुर (बाँके) : मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसाको अवस्था र समाधानका उपायहरु’ विषयक वक्तृत्वकला कार्यक्रम सफलताका साथ सम्पन्न भएको हो । कार्यक्रम बोल्दै क्याम्पस प्रमुख दान बहादुर हमालले यश खालका कार्यक्रमबाट विद्यार्थीको […]