साहु समाजद्वारा शनिबार रक्तदान गरिने

सदरलाइन संवाददाता २७ जेष्ठ २०७८, बिहीबार १८:१७
 


नेपालगञ्ज : साहू समाज जिल्ला कार्य समिति नेपालगञ्ज बाँकेले कोरोना कहरको बेलामा उपचारमा रगतको अभाव हुन नदिने उद्देश्यले आगामी जेष्ठ २९ गते शनिवार रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

साहू समाज जिल्ला कार्य समिति र साहू समाज युवा जिल्ला समितिको बैठकमा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । अध्यक्ष हंसराम साहूको अध्यक्षतामा भएको बैठकमा कोरोना महामारीको बेलामा उपचारको लागि आवश्यक रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

अध्यक्ष हंशरामले अहिलेको समयमा आमनागरिकको उपचारको लागि माग अनुसारको रगतको आवश्यकता पूरा गर्न सके जति सहयोग गर्दै जाने कार्यमा साहु समाज सधै तयार हुने बताए ।


रक्तदान कार्यक्रमका संयोजक प्रदिप साहले सो रक्तदान कार्यक्रममा समाजबाट धेरैभन्दा धेरै सहभागिता जनाउन आव्हान गरेका छन् । आयोजकले रक्तदान गर्नेलाई टिसर्ट, गम्छासहित सम्मानपत्र प्रदान गरिने संयोजक साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चारजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

२७ जेष्ठ २०७८, बिहीबार १८:१७
नेपालगञ्ज  : बाँकेमा बिहीबार कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । मृतक मध्ये ३ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र एक जनाको भेरीमा उपचाकोे क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा दाङका ३ जना र बर्दियाका १ जना छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल […]