कोरोनाबाट बाँकेमा तीन जनाको ज्यान गयो

सदरलाइन संवाददाता २५ जेष्ठ २०७८, मंगलवार ०९:५४
 

नेपालगञ्ज : कोरोनाबाट बाँकेमा थप तीनजनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना गरि थप तीनजनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार उपचारका क्रममा बढैयाताल गाउँपालिका–४ बर्दियाका ६१ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ का ६५ वर्षीय पुरुष र लमही नगरपालिका–८ दाङका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।


योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका ३२१ जना र जिल्लाकै ३०३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागु औषधसहित तीनजना पक्राउ

२५ जेष्ठ २०७८, मंगलवार ०९:५४
धनगढी : कैलालीमा लागु औषधसहित दुई युवती र एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जिप सिंह, २० वर्षीया मैना साउद र ३५ वर्षीया लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]