कोरोनाबाट बाँकेमा चार जनाको मृत्यु

सदरलाइन संवाददाता २३ जेष्ठ २०७८, आईतवार ०९:५२
 

नेपालगञ्ज : कोरोनाबाट बाँकेमा थप चारजनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजना, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एकजना र युनाइटेड अस्पताल नेपालगञ्जमा एकजना गरि थप चार जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

उनका अनुसार बासगढी नगरपालिका–८ बर्दियाका ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दियाका ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँकेका ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ का ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ जना र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राउटे युवतीलाई दुर्व्यवहार गरेको आरोपमा तीन पक्राउ

२३ जेष्ठ २०७८, आईतवार ०९:५२
सुर्खेत : जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका युवतीलाई होटलमा लगेर दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक विनोद पुन रहेका छन् । राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनैजनाले […]

सम्बन्धित