सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा शनिवारदेखि हराएको ई–रिक्सा प्रहरीले फेला पारेको छ । वडा प्रहरी कार्यालयले नेपालगञ्ज १३ बुलबुलिया नजिकबाट हराएको ई–रिक्सा फेला पारेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का महफुज आलम जोलाहको जयसपुर गाबिस ६५० नम्बरको अटो ई–रिक्सा शनिवारदेखि हराएको थियो । फेला पारिएको उक्त रिक्सा आइतवार सम्बन्धित व्यक्तिलाई बुझाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जले जनाएको छ ।
