प्लानको सहयोगमा युवा महिलाका लागि व्यावसाय सञ्चालन सहयोगी सामाग्री वितरण

सदरलाइन संवाददाता २० जेष्ठ २०७८, बिहीबार १९:२२
 


बर्दिया : प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा स्याक नेपालले सञ्चालन गरेको युवा रोजगार तथा उद्यमशिलता परियोजना अन्तरगत बर्दियाका सातवटा स्थानीय तहका अतिविपन्न युवा महिलालाई व्यवसाय सञ्चालन गर्न सहयोगी सामाग्री वितरण गरिएको छ ।

परियोजना अन्तर्गतका स्पोन्सर बालबालिकाको परिवारका १८ देखि २४ वर्षका युवा महिलालाई व्यवसाय सञ्चालनका लागि सहयोगी सामाग्री वितरण गर्न सुरु गरिएको स्याक बाँकेका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए । यो कार्यक्रम बर्दियामा सञ्चालनमा रहेको छ ।

उनले व्यवसाय सञ्चालन गर्नका लागि लक्षित समुहले रोजेअनुसार किराना पसल, कस्मेटिक पसल, ब्युटिपार्लर, कस्मेटिक पसल, फेन्सी पसल, र टेलारिंग सेन्टर आदी सञ्चालन गर्नका लागि सहयोगी सामग्री वितरण गरिदै आएको बताए ।

स्याक नेपाल बाँकेका अध्यक्ष पाण्डे, सस्थाका टिम लिडर नेत्रकला शाही, शिक्षा कार्याक्रम अधिकृत लक्ष्मीप्रसाद शर्मा, परियोजनाका अधिकृत बिक्रम राना, कृष्ण गिरि, सुपरभाइजर शिवानी चौधरी र गेरुवा गाउपालिकाका वडानं ५का वडा अध्यक्ष लगायतको टोलीले लक्षित लाभग्राहीलाई ती सामाग्री वितरणको बुधवारदेखि शुभारम्भसमेत गरेका छन् ।


बर्दिया जिल्लाको राजापुर, मधुवन, गुलरिया, बारबर्दिया नगरपालिका, गेरुवा गाउपालिका, बढैयाताल गाउपालिका र गेरुवा गाउपालिकाका १ सय १२ जना स्पोन्सर बालबालिकाको परिवारका युवा महिलालाई व्यवसाय सञ्चालन गर्नका लागि सामाग्री वितरण गरिने उदेश्य रहेको र राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका १८ जना युवा महिलालाई वितरण गरिएको सस्थाका अध्यक्ष पाण्डेले बताए ।

सो परियोजना अन्तर्गत ४१ जना महिलालाई किराना सामग्री, ४७ जना महिलालाई टेलारिंग सामग्री, ५ जनालाई कस्मेटिक पसलको सामाग्री र २ जनालाई ब्युटिपार्लर, चना चटपटे र पानी पुरी पसल २ जना, फर्निचर पसल १ जना, होमस्टे १ जना, कपडा पसल ३ जना, चप्पल पसल १ जना, सामाग्री हस्तान्तरण गरिने शिक्षा कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

कोभिडका कारण आर्थिक अवस्था झनै कमजोर भएको बेला सस्थाले प्रदान गरेको सामाग्रीबाट व्यवसाय गरेर पेट पाल्न सहज हुने सामाग्री पाउने महिलाहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा ४ जनाको मृत्यु

२० जेष्ठ २०७८, बिहीबार १९:२२
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जना र भेरी अस्पतालमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया, दाङ, सल्यान र प्युठानका १÷१ जना छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार […]