सस्तो मूल्यमा धान बेच्न बाँकेका किसान बाध्य

सदरलाइन संवाददाता २५ कार्तिक २०७८, बिहीबार १६:१६
 

नेपालगञ्ज : बाँकेका किसानले सस्तो मूल्यमा धान विक्री गर्न बाध्य भएका छन् । कार्तिक पहिलो साता आएको बर्षाले ठूलो क्षति ब्यहोरेका किसानहरुले बचेको धान पनि सस्तो मूल्यमा विक्री गर्न बाध्य भएका हुन् ।

जिल्लामा कम्तीमा पनि ३० प्रतिशत धान बालीमा बर्षाले पूर्णरूपमा क्षति पुगेको थियो । व्यापारीले धान सस्तो मूल्यमा खरिद गर्न लागेपछि किसानको लगानी समेत नउठ्ने भएको हो ।


सरकारले तोकेको मूल्य व्यापारीले नदिने र सरकार आफै खरिद नगर्ने भएकाले किसानले सस्तो मूल्यमा धान वेच्न बाध्य छन् । हाल व्यापारीले धानको मूल्य प्रति क्विन्टल १५ सय देखि २ हजार सम्म मात्र दिने गरेको किसानहरू बताउँछन् ।

सरकारले यस वर्ष मोटा धान प्रति क्विन्टल २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ तोकेको छ । मूल्य निर्धारण गरेपनि धान खरिदको कोटा भने अझै निर्धारण गर्न सकेको छैन् । जस्को मार किसानलाई परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेद्वारा प्रत्येक संगठित सदस्यलाई एकसय रुपैयाँ महाधिवेशनका लागि दिन आव्हान

२५ कार्तिक २०७८, बिहीबार १६:१६
काठमाडौं :  नेकपा एमालेले पार्टीका सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने […]