बाँकेमा सोमवार ३ संक्रमित थपिए

सदरलाइन संवाददाता २३ फाल्गुन २०७८, सोमबार १३:२८
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४९ जनाको पीसीआर परीक्षणमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा १५ जनाको परीक्षण गर्दा १ जना र मेडिकल कलेज कोहलपुरमा २७ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्याबमा ७ जनाको नमुना जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९ सय ३२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेस्तोल र लागुऔषधसहित बाँकेमा ३ कारोबारी पक्राउ

२३ फाल्गुन २०७८, सोमबार १३:२८
नेपालगञ्ज : बाँकेको खजुराबाट पेस्तोलसहित तीन जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । बाँकेको खजुरा गाउँपालिका वडा नं. १ बहादुरपुर बस्ने गल्क्षी भन्ने रबिन्द्र थापाको घरबाट प्रहरीले लागुऔषधसहित पेस्तोल बरामद गरेको जनाएको छ । थापाको घरमा लागुऔषध ब्राउनसुगर कारोबार भईरहेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट […]

सम्बन्धित