कविराज निरिक्षक पौडेलको निधनमा कार्यलयमा शोकसभा

सदरलाइन संवाददाता १९ जेष्ठ २०७८, बुधबार १९:५४
 

नेपालगञ्ज : बाँके आर्युवेद स्वास्थ केन्द्रका बरिष्ठ कविराज निरिक्षक वसन्त कुमार पौडेलको गत सोमबार उपचारको क्रममा निधन भएको छ ।

लामो समयदेखि बाँके आयुर्वेद स्वास्थ्य कार्यालय नेपालगञ्जमा बरिष्ठ कबिराज पदमा कार्यरत पौडेलको कलेजो सम्बन्धित रोगको उपचारको क्रममा चितवनमा मृत्यु भएको हो ।

उनको निधन प्रति बाँके आयुर्वेद स्वास्थ्य कार्यालय नेपालगञ्ज कार्यालयका सहकर्मीहरुले शोक सभा गरेका छन् । सो अवसरमा कार्यालयका प्रमुख डा.अनिल कुमार चौधरी दिवंगत पौडेलले कार्यालयमा सम्पादन गरेका कार्यको स्मरण गर्दै उनको चर्चा गरेका थिए ।


उनको आत्माको चीर शान्तिको लागि एक मिनेट मौन धारण गरिएको थियो । सो अवसरमा दिवंगत पौडेलको फोटोमा माल्र्यापण गर्नुको साथै कार्यालयमा शोक पुस्तिका समेत राखिएको छ । शोक सभामा आयुर्वेद कार्यालय बाँकेमा कार्यरत सबै कर्मचारीहरुको उपस्थिति रहेको थियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा बालबालिकामा खोपको परीक्षण शुरु

१९ जेष्ठ २०७८, बुधबार १९:५४
काठमाण्डौ : भारतले आफनै देशमा बनाएको कोभ्याक्सिन खोपको बालबालिकाहरुमा परीक्षण शुरु गरेको छ । पटनाका १२ देखि १७ वर्ष उमेर समूहका तीन जना बालबालिकालाई परीक्षणको रुपमा खोप दिइसकेको र उनीहरू स्वस्थ रहेको एम्स अस्पतालका कोभिड इन्चार्ज डा. सञ्जिव कुमारले बताए । आगामी महिना ५२५ जना बालबालिकामा खोपको परीक्षण गरिने छ […]