गोदाममा आगलागी हुँदा लाखौँको क्षति

सदरलाइन संवाददाता १८ जेष्ठ २०८०, बिहीबार १५:१३
 

दाङ : दाङको घोराहीमा रहेको एक इलेकट्रोनिक पसलमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । घोराही उपमहानगरपालिका –१५ को शहीदगेट रोडमा रहेको बञ्जाडे इलेकट्रोनिक पसलको गोदाम घरमा आगलागी हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

गोदाममा लागेको आगो घोराही उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय दाङका उपरीक्षक वलीका अनुसार आज बिहान करिब साढे ११ बजेतिर पसलको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।


प्रहरी प्रमुख वलीले भने, ‘इलेकट्रोनिक पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।’ उनले आगलागीको घट्ना दिउँसो भएको र समयमै आगो नियन्त्रणमा आउँदा क्षति कम भएको बताए । प्रहरीले क्षतिको विवरण सङ्कलनको काम गरिरहेको प्रहरी प्रमुख वलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृषि, स्वास्थ्य र शिक्षा राप्तीसोनारीको प्राथमिकतामा

१८ जेष्ठ २०८०, बिहीबार १५:१३
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा निर्माण हुने नीति, बजेट र कार्यक्रमका लागि सुझाव संकलन गरिरहेको छ । जसका लागि राप्ती सोनारीले पालिकाले छलफल तथा सुझाव संकलनका लागि कार्यक्रमको आयोजना गरेको छ । पूर्वमन्त्री प्रेमबहादुर भण्डारीसहित संविधान सभा सदस्य प्रदिपकुमार थारु, राप्तीसोनारीका पूर्वअध्यक्ष लाहुराम थारु, पूर्वउपाधयक्ष धनीकुमारी […]

सम्बन्धित