कोरानाका कारण बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २९ मंसिर २०७७, सोमबार १५:१९
 

नेपालगञ्ज : बाँकेमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका कञ्चनपुरको भिमदत्तनगर नगरपालिका वडा नम्बर १५ गोबरियाका ५४ बर्षीय पुरुषको आइतवार राती साढे १२ बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि सेती अस्पताल धनगढीमा भर्ना भई पिसिआर परीक्षण गराएका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।


तर, स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरसहित भेरी अस्पताल नेपालगञ्ज ल्याइएका उनको मंसिर २२ गते पुनः पिसिआर परीक्षण गरिएको थियो । त्यसै दिन उनमा कोरोना पुष्टि भएको थियो । उनको मृत्युसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ६९ जना कारोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

बाँकेमा सोमवार २० जना डिस्चार्ज

२९ मंसिर २०७७, सोमबार १५:१९
नेपालगञ्ज : बाँकेमा सोमवार २० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । बिभिन्न आइसोलेशनमा बसेका १५ पुरुष र ५ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार ९ सय ८४ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आइसोलेशनमा अब बाँकेका […]