भारतमा घट्दै कोरोना संक्रमण

सदरलाइन संवाददाता १७ जेष्ठ २०७८, सोमबार १०:०१
 

काठमाण्डौ : भारतमा केही साता यता कोरोना संक्रमण र त्यसका कारण हुने मृत्यु दरमा उल्लेख्य कमी आएको छ । दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले यो घटेर दुईलाख भन्दा तल झरेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४६० कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ६५ हजार ५५३ संक्रमित थपिएका छन् ।


हालसम्म भारतमा ३ लाख २५ हजार ९७२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ करोड ७८ लाख ९४ हजार ८०० जना भारतमा कोरोना संक्रमित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा सर्पले टोक्दा एक जनाको मृत्यु

१७ जेष्ठ २०७८, सोमबार १०:०१
दाङ : दाङमा सर्पले डसेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २५ वर्षका टीकाराम डाँगीलाई घरमै सुतेको अवस्थामा सर्पले डसेको थियो । डाँगीको उपचारका क्रममा आइतवार राति राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।