सदरलाइनडटकम,
नेपालगञ्ज : आठौ राष्ट्रिय खेलकुद अन्तरगत बाँकेमा शनिबार विभिन्न ४ खेलका ईभेन्टहरु सञ्चालनमा रहेका छन् । गत २७ गतेदेखि सुरु पुरुष हक्की मंगलप्रसाद मावि खेल मैदानमा बिहान ७ बजेदेखि जारी छ ।
यसैगरी नेपालगञ्ज रंगशालामा फेन्चिङ्गका विभिन्न ईभेन्टका खेलहरु जारी छन् । आठौ राष्ट्रिय खेलकुद अन्तरगत बाँकेको ज्ञानोदय मावि खजुरामा महिला पुरुष बक्सिङ्ग खेल शनिबार साँझ ४ बजेदेखि क्वाटर फाईनलका २८ वटा खेल ईभेन्ट हुने छन् । यसमा ११ वटा ईभेन्ट महिलाको रहने मुख्य निर्णायक महर्जनले जानकारी दिए ।
आजैदेखि महिल हक्की बाँकेको शुक्र माविको खेल मैदान सितापुर (के) गाउमा साँझ ४ बजेदेखि हुने जानकारी प्राप्त भएको छ ।
