लागुऔषधसहित बर्दियामा तीन जना पक्राउ

सदरलाइन संवाददाता १५ जेष्ठ २०७८, शनिबार १६:२३
 

बर्दिया : इलाका प्रहरी कार्यालय मैनापोखरले लागू औषध चरेस सहित ३ जनालाई पक्राउ गरेको छ ।

लकडाउनको मौका पारेर लागुऔषध कारोबार र ओसारपसार मौलायको खबर बाहिरिदै गर्दा इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले भने करिब ७ सय ग्राम लागुऔषध चरेस सहित ३ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमान्डमा खटिएको टोलिले ६ सय ९४ ग्राम लागूऔषध चरेस सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीको ३२ वर्षीय काली बहादुर चंदारा, खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीकै बर्ष २६ को कमल बिश्वकर्मा र बढैयाताल गाउँपालिका वडा नम्बर ७ सितलाबजारका वर्ष ४८ का बल बहादुर कामी रहेको इलाका प्रहरी कार्यालय मैनापोखरका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशीले बताए ।

बर्दियाको भोलागौरी जंगलहुँदै जमुनीबाट भारत तर्फ चरेस लैजादै गर्दा मैनापोखर प्रहरीले चरेससहित तीन जनालाई पक्राउ गरेर थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुर्मी (वर्मा) सहयोगी हात बाँकेद्वारा रक्तदान

१५ जेष्ठ २०७८, शनिबार १६:२३
नेपालगञ्ज : कोभिड–१९ को महामारी तथा बिषम परिस्थितमा अस्पतालमा उपचारको लागि रगतको अभाव हुन नदिन कुर्मी (वर्मा) सहयोगी हात, बाँके नेपालगञ्जले स्वास्थ्यका मापदण्ड अपनाउदै सामाजिक दूरी कायम गरेर शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालगञ्जं.–६ मा रहेको फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३ जना महिला […]