प्रहरीका लागि नेपालगन्ज– १८ का वडाध्यक्ष बर्माद्वारा स्वास्थ्य सामाग्री सहयोग

सदरलाइन संवादाता ४ जेष्ठ २०७८, मंगलवार १६:३६
 

 

नेपालगन्ज: कोरोना महाहारी नियन्त्रणमा फ्रन्टलाइनमा काम गरिरहेका प्रहरीका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपक कुमार बर्माले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । मंगलवार जिल्ला प्रहरी कार्यालय बाँकेको कार्यालयमै पुगेर वडाध्यक्ष बर्माले प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर रानालाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।

दोस्रो चरणको कोरोना लहरमा बाँकेका ३९ प्रहरी संक्रमित भइसकेका छन् । ती मध्ये २८ जनाले कोरोनालाई परास्त गरिसकेका छन् । यो बेला थप जोखिमबाट जोगाउन प्रहरीलाई सहयोग गरिएको वडाध्यक्ष बर्माले बताए ।


प्रहरीलाई ५५ पोका माक्स ५ लिटर वाला २ जर्किन र २५ पीस सेनेटाइजर सहयोग हस्तान्तरण गरिएका जानकारी दिंदै वडाध्यक्ष बर्माले प्रहरीलाई हौसला बढाउन व्यक्तिगत रुपमा अग्रसर भएको बताए ।

वडाध्यक्ष बर्माले एक सातादेखि नेपालगन्जमा आफ्नै खर्चमा निःशुल्क एम्बुलेन्स सेवा दिइरहेका छन् । भने, वडाले घरघरमैं चिकित्सक सहितको स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ । देशभर नेपाल प्रहरीका पाँच सय जनालाई कोरोना संक्रमण भएको छ । भने, कोभिड–१९ बाट ज्यान गुमाउने प्रहरीको संख्या ८ पुगेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्जनी माता रसोईलाई १ लाख सहयोग

४ जेष्ठ २०७८, मंगलवार १६:३६
नेपालगञ्ज : भेरी अस्पतालमा संचालित अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डललाई सहयोगी हातहरुले अमेरिकाबाट सहयोग प्राप्त भएको छ । अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएका सहयोगी मन भएका जुली वली र प्रदिप जिएमको संयुक्त प्रयासमा आफन्तजन र साथीहरुबाट विरामी र विरामीको आफन्तलाई सस्तो मुल्यमा खाना खुवाइरहेको अन्जनी माता रसोईलाई एक […]

सम्बन्धित