नेपालगञ्जलाई पूर्णखोपयुक्त नगर घोषणाको तयारी

सदरलाइन संवाददाता २३ पुष २०७७, बिहीबार १७:३३
 

नेपालगञ्ज : नेपालगञ्जलाई पूर्णखोपयुक्त नगर घोषणाका लागि तयारी अघि बढाइएको छ । पुर्णखोप घोषणालाई अन्तिमरुप दिनका लागि खोप तथा सरसफाई प्रवद्र्धन कार्यक्रमको समिक्षा, सुक्ष्म योजना अध्यावधिक र खोप समन्वय अभिमुखिकरण बिहिवार सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्री वास्तवले आगामी फागुन भित्र बाँकेलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन लागेको जानकारी दिए । फागुन १० भित्र वडा, १५ भित्र पालिका र ३० गतेभित्र स्थानीय तहलाई पुर्ण खोप घोषणा गर्ने उहाँको भनाई छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले नगरमा भौतिक विकासँगै सामाजिक विकासलाई एकसाथ लैजानुपर्ने बताए । उनले कोभिड–१९ को खोप निकट भविष्यमा आउने भएकाले अहिलेदेखि नै मानसिकरुपमा तयार हुन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।


प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्का, स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह, जनप्रतिनिधी तथा स्वास्थ्यकर्मी सहभागी कार्यक्रममा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले नगरलाई पूर्ण खोप घोषणाका लागि सबै पक्षको साथ र सहयोगको आवश्यकता भएको बताए ।

वडा नम्बर १४ का वडाध्यक्ष ओमकारनाथ मिश्राले नगरमा स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यकता अनुसार दरबन्दी हुनुपर्नेमा जोड दिए ।

Next Post

कटकुईया स्वास्थ्य चौकी निर्माणमा सूचना बोर्ड नराखिएको गुनासो

२३ पुष २०७७, बिहीबार १७:३३
नरैनापुर ( बाँके) : बाँकेको नरैनापुरको वडानं. १ कटकुईयामा निर्माण गरिएको स्वास्थ्य चौकी भवन निर्माण मर्मत तथा नविकरण कार्यक्रमको सार्वजनिक सुनुवाई गरिएको छ । नरैनापुर स्वास्थ्य शाखाका संयोजक नागेन्द्रप्रसाद शाहको अध्यषतामा सम्पन्न सो सार्वजनिक सुनुवाई कार्यक्रममा नवजात शिशु तथा वालबालिका स्वास्थ्य परियोजना अन्तरगत आड्रा नेपालको सहयोगमा ईन्रुडेकले भ्याटसहित २१ लाख […]

सम्बन्धित