बाँकेमा स्वाईनफुलुका विरामी जाँच गर्ने किटको अभाव

१९ श्रावण २०७४, बिहीबार ११:५७
 

सदरलाइनडटकम
१९ साउन, नेपालगन्ज : नेपालगन्जको भेरी अञ्चल अस्पतालमा ‘स्वाईनफुल्यू’को जस्तै लक्षण भएका शंकास्पद विरामी दिनहुँ दर्जनको हाराहारीमा आउदा स्वाईनफुलु भए नभएको यकिन गर्ने जाँचको लागि आवश्यक किटको अभावमा उपचारमा कठिन भएको छ ।
अस्पतालका फिजिसियन डा. खगेन्द्र शाहीले अस्पतालमा आउने विरामीहरुमा टाउको दुख्ने, शरिर दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण भएका विरामी दिनहुँ ८–१० जना अस्पताल आउने गरेको जानकारी दिए । उनले ज्वरो र शरिर दुख्ने भयो भन्दै अस्पतालमा आउने विरामीहरु अधिकांश स्थानीय नै भएको र केही केही मात्र यात्रामा रहेको बेलामा विरामी हँुदा त्यस्तो लक्षण देखिएको भन्दै उपचारको लागि आउने गरेको बताए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका फिजिसियन डा. प्रकाश नागले अस्पतालमा स्वाईनफुलुका शंकास्पद विरामी खासै नआए पनि स्क्रव टाईफस र डेंगुका विरामी भने आई रहेको बताए । उनले भने–‘मेडिकल कलेज अस्पतालमा स्वाईनफुलुको लक्षण भएको विरामी नदेखिए पनि डेंगु र स्क्रबटाईफसको विरामी दिनहुँ आउने गरेका छन् ।’उनले दिएको जानकारी अनुसार कलेजको नेपालगन्ज शिक्षण अस्पतालको आईसियुमा डेंगुको एक विरामी उपचारको लागि भर्ना भएको छ ।’
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम महामारी तथा रोग नियन्त्रण फोकलपर्शन रामबहादुर चन्दले ईपिमिडियोलोजि तथा रोग नियन्त्रण महाशाखामा गत साउन १२ गते नै स्वाईनफुलु तथा अन्य रोग जाँचको किट माग गरेर पठाए पनि आईनसकेको बताए । उनले भने–‘अस्पताल तथा चिकित्सकहरुले स्वाईनफुलुको सस्पेक्टेड केश आउन थालेको जानकारी दिने वित्तिकै सो जाँचको लागि आवश्यक पर्ने किट गत साउन १२ गते माग गर्दा नआएपछि पुनः १८ गते माग गरेको छ ।’

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला समन्वय समिति बाँकेको संयोजकमा एक, सह–संयोजकमा ३ जनाको उम्मेदवारी

१९ श्रावण २०७४, बिहीबार ११:५७
 सदरलाइनडटकम १९ साउन, नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेको संयोजकमा बाँके नरैनापुर गाउपालिकाका अजयकुमार श्रीवास्तवको मात्र उम्मेदवारी परेको छ । उनी संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुन । बिहीबार मनोनयन दर्ताको लागि जिल्ला समन्वय समितिको संयोजकमा श्रीबास्तबको मात्र उम्मेदवारी परेपछि उनी संयोजक निर्वाचति हुने पक्का भएको छ । यसैगरी सह–संयोजकको […]

सम्बन्धित

ताजा अपडेट