बारबर्दियाका शिक्षकलाई क्षमता अभिबृद्धि तालिम

सदरलाइन संवाददाता २६ पुष २०७७, आईतवार १७:४४
 


बारबर्दिया (बर्दिया) :  लैङ्गिक मैत्री बाताबरणमा कक्षा सञ्चालनका लागि फोकल शिक्षकलाई तीनदिने क्षमता बिकास तालिम बर्दियाको बारबर्दियामा आइतबारदेखि सुरु भएको छ ।

प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालनमा रहेको सिकाई परियोजना अन्तरगतका १३ विद्यालयका २५ जना शिक्षक शिक्षिकाको क्षमता बृद्धिका लागि सो तालिम सञ्चालन गरिएको हो ।

विद्यालयमा हुने शिक्षण तथा सिकाई प्रक्रियाले लैंगिक विभेदलाई अझैपनि पूर्णरुपले निरुत्साहित गर्न नसकेको अवस्थामा सिकाई परियोजना अन्तरगत बालबालिकालाई समान व्यवहार गरि शिक्षा दिन सकुन भनेर कार्यक्रमका फोकल शिक्षक शिक्षिकालाई सो तालिमको आयोजना गरिएको कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।

लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिले परम्परागत मुल्यमान्यतालाई चुनौती दिदै रुपान्तरण गर्ने र परिवारपछि विद्यालय नै लैंगिक परम्परागत मुल्य मान्यतालाई प्रभाव पार्ने दोस्रो संस्था भएकोले लैंगिक समानता प्राप्त गर्न शिक्षण सिकाई प्रक्रियामा रुपान्तरण आवश्यक ठानी तालिमको आयोजना गरिएको हो ।

परियोजना संचालन भएका विद्यालयहरुमा तालिमले शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधिहरु र सिकाई प्रक्रियाहरुको बारेमा सहभागिहरुको ज्ञान र सिपमा अभिवृद्घि भइ विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइ कृयाकलापमा यसको प्रभाव तथा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

तालिमबाट नेपाली भाषाका पढाइ र लेखाइ शिक्षणका लागि कक्षा कोठामा लैगिंकमैत्री प्रर्याप्त शैक्षिक सामग्री भएन भएको, र कक्षाकोठाको शिक्षण तथा सिकाई प्रक्रिया लैंगिक विभेद पुर्ण बनाउन सहयोग पुग्ने अपेक्षा लिएको फिल्ड सुपरभाइजर सिमा ओलीले जानकारी दिईन ।


तालिमको उदघाटन सत्रमा बारबर्दिया नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख टेकप्रसाद पाण्डेले वालबालिकाको सिकाइलाई प्रभावकारीता बनाउनका लागि विद्यालयका कक्षा कोठामा प्रसस्त सामाग्रीको ब्यबस्थापन हुन सकेको खण्डमा बालबालिकाको सिकाइमा प्रभावकारीता ल्याउन सकिने बताउदै अझ यस नगरपालिका भित्र नमुना विद्यालय निर्माणका लागि मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

हाल कोरोना भाइरस कारण संसार संक्रमणको जोखिम बढीरहेको अबस्था र यसको प्रभावले विद्यालयहरु बन्द भएको अबस्थामा नगरपालिकाले बैकल्पीक शिक्षाका माध्यामबाट समेत बालबालिकाहरुको नियमित सिकाईलाई प्रभावकारीता गराउने कार्यमा लागि परेको बताउदै बिगतदेखि स्याक नेपाल शाखा कार्यालय बर्दिया र प्लान इन्टरनेशनल नेपाल संगको समन्वयमा शिक्षाको गुणस्तर बिकासका लागि साझेदारि गदै आइरहको बताए ।

तालिममा परियोजना संचालन भएका करिब १५ जना फोकल महिला शिक्षकहरुको सहभागीता रहेको छ । तालिम बारबर्दिया नगरपालिकामा आइतवारदेखि मंगलबार ३ दिनसम्म संचालन गरिने छ । तालिमको सहजीकरण सहजकर्ता नेत्रकला शाहीले गर्ने बताईएको छ ।

तालिममा सहभागीहरुमा कोराना भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य लगाउने समय समयमा साबुन पानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजनाका सुपरभाइजर वलीले बताईन ।

Next Post

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदै

२६ पुष २०७७, आईतवार १७:४४
नेपालगञ्ज : आज २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । २९९औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोह समितिले विशेष कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउदै छ । १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौविसे […]