भेरी अस्पतालमा अर्को पनि विशेषज्ञ सेवा थपियो

सदरलाइन संवाददाता १४ मंसिर २०८०, बिहीबार १३:२३
 

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जले एकपछि अर्को विशेषज्ञ सेवा थप्दै गएको छ । अस्पतालले गत कात्तिक २१ गतेदेखी ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा शुरु गरेको हो ।

विशेषज्ञ डा. कृष्णमोहन अधिकारीले बिरामीको जाँच गरिरहेका छन् । अस्पतालमा सार्वजनिक बिदाको दिन बाहेक हरेक हप्ताको आइतबार, मंगलबार र बिहीबार कोठा नम्बर ३२ बाट ओपिडी सेवा शुरु भएको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. दिनेशकुमार चौधरीले जानकारी दिए ।


अस्पतालले एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी सेवा शुरु गरेपछि गरिव तथा विपन्न वर्गका बिरामीलाई थप राहत मिलेको छ । यसअघि उक्त सेवा अस्पतालमा नहुँदा बिरामीले निजी अस्पतालमा गएर सेवा लिनु परेको थियो । भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले ग्यास्ट्रो सर्जरी सम्बन्धी सेवा लिने बिरामीलाई सहज भएको बताए ।

‘भेरी अस्पतालले यो सेवा सुरु गरिसकेको छ, हप्ताको आइतबार, मंगलबार र बिहीबार कोठा नम्बर ३२ बाट ओपिडी सेवा दिएका छौं, अस्पतालमा आउने बिरामीले यो सेवा पाउनु हुन्छ,’ अध्यक्ष शाहले भने । अस्पतालले निकट भविष्यमा अन्य विशेषज्ञ सेवा पनि सञ्चालन गर्ने तयारी गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथमा किसानमुखी कार्यक्रम सञ्चालन

१४ मंसिर २०८०, बिहीबार १३:२३
बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकाले किसानमुखी कार्यक्रम धमाधम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले किसानको आर्थिक अवस्था माथि उठाउन अघिल्लो आर्थिक वर्ष २०७९/८० देखि नै किसानसँग पालिका प्रमुख कार्यक्रम शुरु गरेको थियो । चालु आर्थिक वर्षमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिदै गाउँपालिकाले किसानलाई विभिन्न अनुदान तथा सहयोग दिइरहेको छ । सोही […]