सुरक्षाकर्मी र सञ्चारकर्मीलाई पूर्व मन्त्री राईले स्वास्थ्य सामाग्री उपलब्ध गराए

११ जेष्ठ २०७७, आईतवार २२:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले बाँकेका कोबिड–१९ बिरुद्धको अभियानका फ्रन्टलाईनमा खटिने जनशक्तिलाई एन–९५ मास्क, गुणस्तरिय सेनिटाइजर र ग्लोब्स बितरण उपलब्ध गराएका छन् ।

बाँके निर्बाचन क्षेत्र नं. २ बाट संघिय सभामा निर्वाचित जनप्रतिनिधि तथा पूर्व मन्त्री राईले पछिल्लो समय बाँकेमा कोरोना संक्रमितको संख्या एक्कासी बृद्धि भएपछि जिल्लामा कोरोना बिरुद्धको अभियानमा फ्रन्टलाईनमा खटिएका सुरक्षाकर्मी र सञ्चारकर्मीलाई सेनिटाइजर, माक्स र ग्लोब्स उपलब्ध गराएका हुन ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी, जमुनाह प्रहरी, ईलाका प्रहरी कार्यालय भोजभगवानपुर, नेपाली सेना, सशस्त्र प्रहरी र पत्रकार महासंघलाई सेनिटाइजर, माक्स र ग्लोब्स वितरण गरेका हुन ।

उनले जिल्ला प्रहरी कार्यालय बाँकेलाई ४ सय एन–९५ माक्स, ४ सय ग्लोब्स र १० लिटर सेनिटाइजर, सशस्त्र प्रहरीलाई २५० एन–९५ माक्स, २५० ग्लोब्स र १० लिटर सेनिटाइजर, नगर प्रहरीलाई १०० एन–९५ थान माक्स, १०० थान ग्लोब्स र १० लिटर सेनिटाइजर उपलब्ध गारएका हुन ।

पुर्ब समाजवादी पार्टीका बाँके अध्यक्ष कमरुद्दिन राईले ती सामाग्री सम्बन्धित ठाउँमा लगेर प्रदान गरेका थिए । यस्तै मन्त्री राईले नेपाली सेनालाई १५० एन–९५ माक्स, १५० ग्लोब्स र ५ लिटर सेनिटाइजर, जिल्ला अनुसन्धानलाई १०० थान एन–९५ माक्स, १०० ग्लोब्स र १० लिटर सेनिटाइजर बितरण गरिएको अध्यक्ष राईले बताए ।

जमुनाह प्रहरी र जयसपुर प्रहरीलाई पनि १०० थान एन–९५ माक्स, ग्लोब्स, सेनिटाइजर मन्त्री राईले उपलब्ध गराएका छन । यसैगरी नरैनापुरक्षेत्रमा खटिने प्रहरीका लागि १ हजार थान सर्जिकल मास्क र १० थान एन–९५ माक्स उपलब्ध गराएका छन् ।

उनले पत्रकार महासंघ बाँकेलाई पनि ६० थान माक्स, ५० थान ग्लोब्स र ६० वटा सेनिटाइजर उपलब्ध गराए । मन्त्री राईले डुडुवा गाउपालिकामा रहेका क्वारेन्टाइनमा साबुन, सेनिटाइजर, पानी पठाएकोे बताए ।

यसअघि उनले विभिन्न समयमा अस्पताल, स्वास्थ्यकर्मी, तथा एक्बुलेन्स चालकको लागि सुरक्षा कवच सहित विभिन्न उपकरण उपलब्ध गराएका थिए । फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीलाई सो सामाग्रीले कार्य क्षेत्रमा मनोबल बढेर काम गर्न सकिने साथै ठूलो राहत दिने बाँकेका एसपी बीरबहादुर ओलीले जानकारी दिए ।

Next Post

ईदको नमाज घरमै पढेर ईद मनाउन आग्रह

११ जेष्ठ २०७७, आईतवार २२:२२
सदरलाइनडटकम, नेपालगञ्ज  : बाँके निर्बाचन क्षेत्र नं. २ का संघिय सांसद तथा पुर्वमन्त्री मोहम्मद इस्तियाक राईले कोभिड–१९ को महामारीका वीचमा ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईदुल फित्रको नमाज घरमै पढेर मनाउन आग्रह गरेका छन् । यस अघि नयाँ कपडामा सजिएर ईदगाह मस्जिदमा जम्मा भई सामुहिक नमाज पढेर मनाईने चलन थियो । […]