अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटियो

सदरलाइन संवाददाता ९ जेष्ठ २०७८, आईतवार ११:०१
 

रोल्पा : रोल्पामा ठूलो परिमाणमा अत्याधुनिक हतियारको म्याग्जिन र गोली भेटिएको छ । त्रिवेणी गाउँपालिका–२ रामपुर गाउँ नजिकैको बास घारीमा एसएमजी म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको हो ।

यस्तै एके ४७ को गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्ड गरि ९ सय ७० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

हतियारका सामाग्रीहरु रहेको स्थानीयले खबर गरेपछि नेपाली सेनाको बटुक दल गणको दहबनस्थित गुल्मको टोलीले उक्त सामग्री बरामद गरेको रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।


रोल्पामा पटक पटक ठूलो परिमाणमा हतियार बरामद हुने गरेको छ । गत साल असोजमा पनि नेपाली सेनाले ठूलो परिमाणमा हतियार बरामद गरेको थियो । हतियार भेटिए पनि राजनीतिक दबावका कारण प्रहरीले ति कुरा गोप्य राख्दै आएको छ ।

रोल्पाका गाउँमा हतियार भेटिएको भएपनि प्रहरीले गोप्य राख्दा ठूलो दुर्घटना समेत हुदै आएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमा ओलीको गुनासो छ । ‘गत वर्ष मात्रै त्रिवेणी गाउँपालिका–७ मा बेवारिसे बम विष्फोट हुदा गोठालो गएका ४ बालकको अकालमा ज्यान गएको थियो’ अध्यक्ष ओलीले भने ‘प्रहरीले यि कुराहरु हामीलाई कुनै जानकारी नगराउदा यि हतियार कहाँबाट आएका हुन र के कारणले ल्याइएका हुन भन्ने आशंका उत्पन्न भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट निधन हुने चिकित्सकका परिवारलाई एक करोड दिइने

९ जेष्ठ २०७८, आईतवार ११:०१
नेपालगञ्ज : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले संक्रमितको उपचारका क्रममा कोरोना भाइरसको संक्रमणका कारण निधन भएका चिकित्सकका परिवारलाई एक करोड भारु क्षतिपूर्ति स्वरुप दिने घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको दिल्लीमा लकडाउन फेरि एक हप्ताका लागि थप भएको निर्णय सुनाउँदै उनले भाइरसको संक्रमणका कारण निधन भएका चिकित्सकका परिवारलाई […]

सम्बन्धित