बाँकेमा कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि

युनिसेफको सहयोगमा रेडक्रश बाँकेद्वारा कोभिडबिरुद्ध विभिन्न अभियान सञ्चालन

रुद्र सुवेदी ७ जेष्ठ २०७८, शुक्रबार १८:३४
 


नेपालगञ्ज : दोस्रो भेरिएन्टको कोरोना संक्रमण अप्रत्याशित रुपमा बृद्धि भएपछि कोरोनाको हटस्पट बन्न पुगेको बाँकेमा संक्रमणको दर बिस्तारै ओरालो लाग्ने क्रममा रहेको छ । नेपालगञ्ज उपमहानगर हुँदै जिल्लालाई नै निषेधाज्ञा घोषणा गरी संक्रमणको ‘चेन ब्रेक’ गर्ने प्रयासमा विभिन्न संघसंस्थाले सञ्चालन गरेको अभियानले सहयोग पुग्दा संक्रमणको दर क्रमिक रुपमा ओरालो लाग्न सुरु भएको हो ।

नेपाल रेडक्रस सोसाईटीले युनिसेफसंगको साझेदारीमा कोभिड–१९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत तपाईको मास्क खोई अभियान, सिमा क्षेत्रमा निशुल्क पानी बितरण गर्नुको साथै बाटोमै अलपत्र परेका यात्रीहरुलाई बाटो खर्च र संक्रमितलाई सीमा क्षेत्रबाट निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याईएको छ ।

दोस्रो भेरियन्टको कोरोना संक्रमण वृद्धी भएपछि बाँकेमा रेडक्रसले प्रहरीसंगको सहकार्यमा जिल्लाभरी नै एक साताव्यापी मास्क खोई अभियान सञ्चालन गर्नुको साथै भारतका बिभिन्न प्रान्तबाट नेपाल प्रवेश गर्नेहरुलाई लक्षित गरी पिउने पानी वितरण गर्नुको साथै बेखर्ची भएकालाई बाटो खर्च दिएर गन्तव्यसम्म पठाउन सुरु गरेको रेडक्रश बाँकेका मन्त्री अजिज अहमद सिद्दिकीले जानकारी दिए ।

उनले भारतका विभिन्न प्रान्तबाट नेपाल फर्किने नेपाली नागरिकहरुलाई युनिसेफको सहयोगमा सिमाक्षेत्रको जमुनाहामै १ बोत्तल पिउने पानी र माक्स नभएकाहरुलाई माक्स समेत दिएर स्वागत गरी उनीहरुलाई सुरक्षित गन्तब्यमा पठाउने कार्यको सुरुवात भएकोे जानकारी दिए । उनले युनिसेफको सहयोेगमा नेपालगञ्जको जमुनाहा नाकामा सो सेवा गत बैशाख १८ गतेबाट सुरु गरेको र हालसम्म करिब १३ हजारले सो सेवा लिएको बताए ।

मन्त्री सिद्दिकीले भने–‘ भारतबाट आउनेहरुलाई सिमा क्षेत्रमा हेण्ड सेनिटाईजरले हात धुने आफुले लगाएर आएको मास्क परिवर्तन गर्ने र स्वास्थ्य जाँच गराउने संक्रमण देखिए आईशोलेशनसम्म निशुल्क एम्बुलेन्सबाट पठाई दिने नभएकालाई एक बोतल पानीसंगै कोरोनाबाट जोगिने ब्रोसियर दिएर पठाउने गरिएको छ ।’


उनले सीमा क्षेत्रमै स्थापना गरिएको होल्डिङ्ग सेन्टरमा समेत आफुहरुको हेल्प डेस्क रहेको र सो डेक्सले यातायता सहजिकरण गर्ने साथै गन्तब्यमा जानको लागि खर्च नभएकाहरुलाई गन्तब्यसम्म पठाउन सहयोग गर्ने गरेको बताए । युनिसेफको सहयोगमा सन्चालन गरिएको सो कार्यक्रम कोरोना कहरको अन्त्य नहुँदा सम्मका लागि निरन्तर जारी राख्ने उनले बताए ।

रेडक्रस बाँकेमा कोभिड–१९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रमका फोकल पर्शन झवी शर्माले बाँकेमा कोभिड नियन्त्रण रोकथामका लागि विभिन्न खालका समन्वयकारी भुमिका खेल्नुका साथै युनिसेफको सहयोगमा विभिन्न गतिबिधि सञ्चालनमा ल्याएको जानकारी दिए ।

उनले युनिसेफको सहयोगमा बाँके प्रहरीको जिल्लामा रहेका ६२ युनिट मार्फत ८१ वडामा मास्क खोई अभियान सञ्चालन गर्दै कोरोना संक्रमणबाट जोगिने ब्रोसियर, पोस्टर, व्यनार बितरण गर्दा जनस्तर मै कोभिडबाट जोगिने सचेतना सन्देश गएको दाबी गर्दै भने–‘ हामीले अभियान सुरु गर्दा बाँके कोरोनाको हटस्पट बनेको थियो तर, प्रहरीसंगको सहकार्यमा गरिएको तपाईको मास्क खोई अभियान जिल्लाका सबै टोल, सबै वडामा पुग्दा सचेतना फैलिदा अहिले संक्रमणको दर पनि केही कम हुँदै गएको पाईएको छ । केही हदसम्म हाम्रो अभियानले काम गरेको हो भन्ने लागिराको छ ।’

उनले नेपालगञ्ज भन्सार परिसरमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेद्वारा स्थापना गरिएको होल्डिङ सेन्टरमा हेल्पडेस्कको स्थापना गरी यातायातको समन्वयसंगै सहजिकरण गरिदिने साथै गन्तव्यसम्म पुग्नका लागि वेखर्ची भएकालाई बाटो खर्च र टिकटलगायतको व्यवस्था गर्दै गन्तव्यमा पठाउने कार्यक्रम रहेको बताए । उनले यो कार्यक्रम आगामि १ महिनाका लागि सन्चालनमा ल्याईने जानकारी दिए ।

उनले बाँकेको नेपालगञ्ज र नरैनापुरमा सन्चालनमा ल्याईएको आईसोलेसनमा खानेपानी (तातोचिसो सहित) फिल्टर जडान गर्ने, खानेपानीको टंकी, सेनिटाईज गर्ने उपकरण लगायत माग भई आएको र युनिसेफको सहयोगमा स्थानीय पालिकामा उल्लेखित सामाग्रीहरु पठाउन तयारी अवस्थामा रहेको जानकारी दिए ।

बाँकेमा पछिल्लो ३–४ दिन यता संक्रमणको दर क्रमश घट्दै जान लागेको छ । बैशाखको सुरुवातदेखि नै अप्रत्याशित रुपमा बढेको संक्रमणका कारण हाल पनि करिव ६ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेका छन । रेडक्रस, युनिसेफ लगायतका विभिन्न संघसस्थाको प्रयासका कारण कोभिड रोकथाम तथा नियन्त्रणमा सफलता प्राप्त हुने अपेक्षा गरिएको उनी दाबी गर्छन । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवधी पत्रकार संघलाई आर्थिक सहयोग र स्वास्थ्य सामाग्री हस्तान्तरण

७ जेष्ठ २०७८, शुक्रबार १८:३४
नेपालगञ्ज : कोरोना कहरको बेलामा मनकारी व्यक्तिहरुबाट अवधी पत्रकार संघलाई आर्थिक सहयोग र स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ । नेपालगञ्जको त्रिभुवन चोकस्थित क्वालिटी केक एण्ड बेकरीका प्रोप्राइटर सुरेश बर्माले शुक्रबार संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्र जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलाई नगद रु २१ हजार सहयोग हस्तान्तरण गरेका छन् । केन्द्रीय […]

सम्बन्धित