नेपालगञ्जमा ५० प्रतिशत अनुदानमा धानको विउ

सदरलाइन संवाददाता ७ जेष्ठ २०७८, शुक्रबार १७:४१
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले नगरक्षेत्रभित्रका किसानहरुलाई सहुलियत दरमा उन्नतजातको धानको विउ वितरण शुरु गरेको छ । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्य शुरु गरेको छ ।

बिहिवारदेखि किसानलाई धानको विउ वितरण शुरु गरिएको हो । नगर प्रमुख डा. धवलशम्शेर राणाले विहिबार शुभारम्भ गरेको कार्यक्रम केही दिनसम्म चल्ने छ । १५.७५ मेट्रिक टन धानको विउ वितरण गर्न लागिएको छ ।


५० प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि धानको विउ लिन किसानहरुको लाम लागेको छ । किसानको आवश्यकता अनुसार कम्तिमा ३५ किलोको एक बोरी धानको विउ उपलब्ध गराउने गरिएको छ । राधा– ४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सव वन गरि चार किसिमका धानका विउ वितरण भईरहेको उपमहानगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ३ सय ४२ थपिए, ३८३ डिस्चार्ज, १७ जनाको निधन

७ जेष्ठ २०७८, शुक्रबार १७:४१
नेपालगञ्ज : बाँकेमा कोरोना भाईरसका ३ सय ४२ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको ल्याब गरिएको कुल ३ सय ४ जना मध्ये २ सय ८, मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको ९३ जना मध्ये ३८ जना, र बागेश्वरी ल्याबमा १ सय ८६ जनाको परिक्षण गर्दा ९६जना गरी […]

सम्बन्धित