तराई–मधेसमा शीतलहर बढ्न सक्ने चेतावनी

सदरलाइन संवाददाता २० पुष २०७९, बुधबार १३:३८
 

नेपालगञ्ज : शीतलहरका कारण तराई–मधेसको जनजीवन प्रभावित बनेको छ । बाँकेसहित तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्युनतम तापक्रमको औसत भिन्नता निकै कम भएपछि दिनभरजसो शीतलहर चल्न थालेको हो ।

तराईका अन्य क्षेत्रमा पनि मापन गरिएको न्यूनतम तापक्रम औसत न्यूनतम तापक्रम भन्दा थोरै बढी देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई भूभागमा दिनभर हुस्सु, कुहिरो लागिरहेको छ । तराईमा विशेषतः नेपालगञ्जदेखि पूर्वजनकपुरसम्म हल्का शितलहर छ ।


तापक्रम घट्न गई मध्यम किसिमको शितलहर हुनसक्ने सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन जारी गरेर जनाएको छ । नेपालगञ्जभन्दा पश्चिममा र जनकपुरभन्दा पूर्वमा न्यूनतम तापक्रम घटी चिसोको लहर बढेर हुस्सु लाग्ने सम्भावना देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी चिनी उद्योगमा स्थानीयद्वारा तालाबन्दी

२० पुष २०७९, बुधबार १३:३८
नेपालगञ्ज : पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् । एक हप्तादेखि सञ्चालनमा आएको लुम्बिनी चिनी उद्योगले स्थायिनसँग गरेको सहमति विपरित उद्योगमा इन्धनको रुपमा धानको भुस प्रयोग गरी सुनवलको बजार क्षेत्रमा व्यापक रुपमा धुलो उडाएको, उद्योग सञ्चालन […]