बाँकेबाट शुरु भएको दादुरा महामारी कैलालीसम्म पुग्यो

सदरलाइन संवाददाता १० माघ २०७९, मंगलवार १२:५१
 

धनगढी : कैलालीमा तीन स्थानीय तहमा दादुराका बिरामी फेला परेका छन् । जिल्लाको धनगढी, गोदावरी र गौरीगङ्गामा दादुरा संक्रमित बिरामी फेला परेका हुन् ।

समुदायमा दादुराका नयाँ संक्रमित देखा परेपछि दादुरा अन्यत्र पनि फैलने सक्ने खतारा बढेको छ । जिल्लाको तीन ठाउँमा देखिएको संक्रमण अन्यत्र नफैलियोस् भनेर प्रभावित क्षेत्रमा सघन खोप कार्यक्रम सञ्चालन गरिने भएको छ ।

धनगढीको वडा नम्बर १ को पशुपतिटोलमा भारतबाट आएका ४ जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको छ । यस्तै, गोदावरी नगरपालिकाको वडा नम्बर ३ र गौरीगङ्गाको वडा नम्बर ६ मा १/१ जनालाई दादुरा संक्रमण भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले संक्रमण देखापरेको स्थानमा खोप अभियान सञ्चालन गर्ने बताएका छन् ।


’जिल्लाको तीन स्थानीय तहका ७ जनामा दादुरा देखापरेको छ,’ उनले भने, ’संक्रमण अन्यत्र पनि फेलिए नफैलिएको यकिन गरेर तुरुन्तै खोप अभियान चलाउने तयारी भइरहेको छ ।’

सरकारले सन् २०२३ मा नेपालबाट दादुरा रोग उन्मुलन गर्ने लक्ष्य राखेको छ । तर केही दिन अगाडि लुम्बिनी प्रदेशको बाँके जिल्ला र अहिले आएर कैलालीमा दादुराको संक्रमण देखा परेको हो । जसले गर्दा सरकारले यो वर्षको अन्त्यमा दादुरा उन्मुलन भएको घोषणा गर्ने कार्यक्रम प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य अधिकारीले चिन्ता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुरा केन्द्रविन्दु भएर भूकम्प गयो, नेपालगञ्जमा पनि धक्का

१० माघ २०७९, मंगलवार १२:५१
नेपालगञ्ज : बाजुराको मेला केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ । मंगलवार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रविन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । नेपालगञ्जमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । पश्चिमा नेपालका कर्णाली प्रदेश र सुदूरपश्चिमका जिल्लाहरूमा शक्तिशाली […]