बालमैत्री स्थानीय शासन सम्वन्धी ३ दिने तालिम

१८ असार २०७७, बिहीबार १९:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन कै बीचमा नेपालगञ्ज उपमहानगरपालिका–१० मा सञ्चालित बालमैत्री स्थानीय शासन सम्वन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।

वडा कार्यालयको सहयोगमा बातावरण तथा बालअधिकार संरक्षण केन्द्र(इम्प्रोक) र वडा न १० को बालक्लव सञ्जालद्धारा आयोजित तालिम समापन गरीएको हो । वडाका ३० बालबालिका सहभागी तालीममा बालमैत्री स्थानीय शासनका विवीध विषय, बाल अधिकारका सन्धी, महासन्धी, बालश्रम, बाल क्लव लगायतका विषयमा बासका निर्देशक नमस्कार शाह, बाल अधिकारकर्मी राजेन्द्र विष्ट, ऋतिक शाही लगायतले सहजीकरण गरेका थिए ।

समापन समारोहमा बोल्दै वडा अध्यक्ष विन्दु भुषण वस्नेतले बालबालिकाको सवाललाई वडाले प्राथमिकताममा राखेको भन्दै बालै मैत्री वडा घोषणाका लागि सूचांक र आधारहरु तयार गरिन लागिएको जानकारी दिए ।


इम्प्रोकका अध्यक्ष तेजविक्रम शाहको अध्यक्षतामा भएको समारोहमा नेपालगञ्ज उपहानगरपालिका कार्यपालिका सदस्य वसन्ता जोशी, वडा सदस्य नरबहादुर विष्ट, पत्रकार महासंघका प्रदेश सचिव शुक्रऋषि चौलागाई, नगरस्तरिय बाल क्लव सञ्जाल पुर्व अध्यक्ष अञ्जना चुतर्वेदी लगायतले बालबालिका र बालमैत्री स्थानीय शासन बारे आ–आफ्नो भनाई राखेका थिए ।

कोरोना संक्रमणबाट जोगिन २५ जना भन्दा बढि भेला सहभागि हुन नहुने भनिए पनि उपमहानगरको सहयोगमा आयोजित कार्यक्रममा ३० जना बालबालिकालाई सामाजिक दुरीको ख्याल नगरी सहभागि गराईएको थियो ।

 

Next Post

लाखौंको सुर्तीजन्य पदार्थ बरामद

१८ असार २०७७, बिहीबार १९:३४
सदरलाइनडटकम, नेपालगञ्ज : सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले भारतबाट अवैधरुपमा नेपाल भित्रिँदै गरेको ठुलो परिमाणको सुर्तीजन्य सामग्री बरामद गरेको छ । बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर १ रामपुर भन्ने स्थानबाट शुक्रवार बिहान ४ बजे सुर्तीजन्य […]