योगीद्वारा अन्जनी माता रसोईलाई सहयोग

सदरलाइन संवाददाता ६ जेष्ठ २०७८, बिहीबार १६:४०
 

नेपालगञ्ज : नेपाल कागजडटकमकी प्रधान सम्पादक अर्पना योगीले सामाजिक कार्यको शुभारम्भ गर्दै आर्थिक सहयोग गरेकी छन् ।

प्रधान सम्पादक योगीले भेरी अस्पतालमा बिरामी तथा कुरुवाहरुलाई २० रुपैयाँमा भर पेट खाना खुवाइ रहेको अन्जनी माता रसोईलाई एघार हजार एक सय रुपैयाँ सहयोग गरेकी हुन् ।


सहयोग रकम हस्तान्तरण गर्दै प्रधान सम्पादक योगीले आफ्नो समाजसेवा गर्ने इच्छा पहिला देखि नै भएको र अब आउने दिनहरुमा पनि सामाजिक कार्य गर्ने बताइन् । साथै, योगीले आफुले अन्य स्थानमा पनि सहयोग गर्ने बताएकी छन् ।

अन्जनी माता रसोईलाई सहयोग पश्चात् संस्थाका प्रवक्ता विमल चन्दले प्रधान सम्पादक योगीलाई बिशेष धन्यवाद व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अवधी भाषी पत्रकारलाई डा.कर्णले निःशुल्क सेवा दिने

६ जेष्ठ २०७८, बिहीबार १६:४०
नेपालगञ्ज : बाँके जिल्लामा कोरोना संक्रमित अवधी भाषी पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ । अवधी पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिले कोरोना अवधिभरका लागि नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष एवम् नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. विनोद कर्णलाई स्वास्थ्य परामर्शदाताको रुपमा नियुक्त गरेको हो । डा. कर्णले होम […]

सम्बन्धित