खजुरा गाउँपालिकाले लक्षित वर्गको बजेट धमाधम खर्च गर्दै

१९ चैत्र २०७४, सोमबार १९:२३
 

सदरलाइनडटकम, 
१९ चैत, खजुरा (बाँके) : खजुरा गाउँपालिकाले लक्षित वर्गका लागि छुट्टाइएको बजेट उनीहरुको लागि धमाधम खर्च हुन थालेको छ । लक्षित वर्गका लागि छुटइएको बजेट अन्तर्गतका कार्यक्रमहरु दिनानु दिन हरेक वडामा हुने गरेको हो ।
गाउँपालिकाले लक्षित समुहको लागि वृद्ध वृद्धाहरुलाई सम्मान, स्वयम सेविकालाई प्रोसाहन, कृषकलाई विऊ विजन वितरणदेखि तालिमसम्मका कार्यक्रमहरु धमाधम सन्चालन भैरहेको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
अन्य विकास निर्माणका कामसगै लक्षित वर्गका लागि छुट्टाइएको बजेट सदुपयोग गर्ने कामका जनप्रतिनिधिहरु लागीपरेको अध्यक्ष कक्षपतिले जनाए ।
यसैगरी सोमबार खजुरा गाउँपालिका वडा नम्बर ६ को आयोजनामा गरीव, आर्थिक अवस्था कमजोर भएकाहरुको पहिचान गरी १० जनालाई जनही १ वटा बाख्रा वितरण गरीएको वडा अध्यक्ष साविर जोलाहाले जानकारी दिए ।
वडामा रहेका १० परि वारको आर्थिक अवस्था सुधार गर्न र आय आर्जनमा वृद्धि गराउने उदेश्यका साथ बाख्रा वितरण गरीएको वडा अध्यक्ष जोलाहले बताए ।
त्यस्तै वडा नम्बर ६ ले सोमबार नै महिला स्वास्थ्य स्वयमसेविका प्रोसाहन क्षमता अभिवृद्धि कार्यक्रम अन्तरगर्त ८ जना स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ ।
वडाले एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य स्वयमसेविकालाई टर्च, छाता, सावुन, रुमाल, डिडिटल थर्मोमिटर र नगद ५ हजार प्रदान गर्दे सम्मान गरेको हो । खगेन्द्र दाहालको सहयोगमा


Next Post

उन्नत जातको पशुपालन गर्न अनुरोध

१९ चैत्र २०७४, सोमबार १९:२३
सदरलाइनडटकम    १९ चैत, अगैया (बाँके) : व्यवसायिक रुपमा पशुपालन गर्ने किसानहरुको आम्दानी राम्रो भएको भन्दै किसानहरुलाई उन्नत जातको पशुपालन गर्न अनुरोध गरिएको छ । बाँकेमा पशुपालका दृष्टीले राम्रो मानिएको राप्तीसोनारी गाउँपालिकाका किसानहरुलाई उन्नत जातको पशुपालन गरी आयस्तर बढाउन अनुरोध गरिएको हो । किसानहरुलाई पशुपालमार्फत आत्मनिर्भर बनाउने र प्ुपालका लागि […]

सम्बन्धित