अन्तर्राष्ट्रिय तेक्वान्दो खेल्ने बाँकेका खेलाडीहरुको विदाई

सदरलाइन संवाददाता २५ भाद्र २०८०, सोमबार १६:१२
 

नेपालगञ्ज : ११औ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि बाँकेबाट सहभागि हुने खेलाडीहरुलाई एक कार्यक्रमका विच विदाई गरिएको छ ।
भदौ २७ गते देखि काठमाण्डौमा सञ्चालन हुने प्रतियोगितामा बाँकेबाट महिला र पुरुष गरी २७ जना खेलाडीहरुले सहभागिता जनाउने छन् ।

बाँकेबाट सहभागिता जनाउने खेलाडीहरुलाई बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने प्रतियोगितामा सफलताको शुभकामनासहित सोमवार विदाई गरेका हुन् । बाँकेमा खेल प्रशिक्षणका लागि उपयुक्त सामाग्री र खेल स्थान नभएपनि खेलाडिहरुले आफ्नै बलबुतामा तयारी गरी प्रतियोगितामा सहभागिता जनाउन लागेको अध्यक्ष लामिछानेले बताए ।


बाँके जिल्ला प्रशिक्षका रुपमा तेक्वान्दो डोजाङ्गका वरिष्ठ प्रशिक्षक महेस थापा, श्याम भट्टराई र राष्ट्रिय रेफ्री रामरति थारु समेत खेलाडीहरुसँगै काठमाण्डौ प्रस्थान गरेका छन् ।

भदौ २७ देखि ३१ गतेसम्म ५ वटा ऐरिनामा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १ हजार ७७८ खेलाडी सहभागी हुनुका साथै भारत र बङ्गलादेशका खेलाडीसमेत सहभागी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पचास ग्राम ब्राउन सुगरसहित दाङ्गका सञ्जय जमुनाहमा पक्राउ

२५ भाद्र २०८०, सोमबार १६:१२
नेपालगञ्ज : बाँके प्रहरीले पचास ग्राम ब्राउन सुगरसहित भारतकाे रुपैडीहाबाट नेपालगञ्ज आउदै गरेका दाङ्ग  घाेराही -११का २५ वर्षिय युवालाई  नियन्त्रणमा लिएर अनुसंन्धान सुरुगरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले दिएकाे जानकारी अनुसार ईप्रका जमुनाह र लागुओैषध नियन्त्रण ब्युराे नेपालगञ्जकाे संयुक्त टाेलीले दाङका सञ्जय नेपालीलाई नियन्त्रणमा लिन सफल […]