अक्सिजन सिलिण्डर संकलन गर्दै अस्पतालमा बुझाउदै बर्दिया प्रहरी

सदरलाइन संवाददाता ३१ बैशाख २०७८, शुक्रबार १८:४४
 


बर्दिया : बर्दिया प्रहरीले कोभिड–१९ संक्रमणको बिषम परिस्थितीर्मा अक्सिजनको अभाव भएको अवस्थामा अक्सिजन ग्याँस कमि हुन नदिने अभिप्रायले अक्सिजन सिलिण्डर संकलन अभियान जारी राखेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बर्दिया प्रहरीले जारी राखेको अक्सिजन सिलिन्डर संकलन अभियान अन्तर्गत बिभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट संकलन गरिएका ८ थान (ठुलो) अक्सिजन सिलिण्डर राजापुर नगरपालिकाको कार्यालय (स्वास्थ्य शाखा) र मधुबन अस्थाई कोभिड अस्पताल सानोश्रीलाई हस्तान्तरण गरिएको जानकारी दिए ।


बर्दिया प्रहरीले यसअघी पनि विभिन्न व्यक्ति संघसंस्थाहरुबाट संकलन गरेको १६ थान अक्सिजन सिलिन्डर जिल्लाका विभिन्न अस्पतालहरुमा बुझाएको थियो । बर्दियामा पनि कोरोना संक्रमणको दर तीब्र गतिमा बढ्दो अवस्थामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा ८ जनाको ज्यान गयो

३१ बैशाख २०७८, शुक्रबार १८:४४
नेपालगञ्ज : कोरोना संक्रमणका कारण बाँकेमा थप ८ जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा बाँकेका ४ जना, बर्दियाका ३ जना र सल्यानका १ जना छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत कोहलपुर ४ का ४२ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका १ […]