सदरलाइनडटकम,
रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ छहरामा भिरबाट लेडेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । घाँस काट्ने क्रममा १८ वर्षीया बिमला केसीको लडेर मृत्यु भएको हो ।
शनिवार बिहान ८ बजे घर नजिकैको रिड्रना खोला जंगलमा घाँस काट्ने क्रममा केसी भिरबाट लडेको परिवारले जनाएको छ । केसी भिरबाट करीव ४ सय मिटर तल खसेकी थिइन् । घाँस काट्न गएका अन्य स्थानीयले केसीलाई मृत अवस्थामा फेला पारेका थिए ।
