कोहलपुरलाई बेटर बाँकेद्वारा अक्सिजन सहितको एम्बुलेन्स हस्तन्त्रण

सदरलाइन संवाददाता ३० बैशाख २०७८, बिहीबार १९:४६
 


कोहलपुर (बाँके)  : बेटर बाँकेले कोभिड संक्रमितलाई उपचारमा सहज पु¥याउने उद्देश्यले कोहलपुर नगरपालिकालाई अक्सिजन सहितको एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

बेटर बाँकेका अध्यक्ष युबराज देबकोटाद्वारा कोहलपुर नगरप्रमुख लुटबहादुर रावतलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन । नगरप्रमुख रावतले एम्बुलेन्स सहयोगले कोरोना महामारीको विपतमा ठुलो मानविय सहयोग भएको बताउँदै यूवाहरुलाई सामाजिक कार्यमा लाग्न आग्रह समेत गरेका छन् ।

देशभर कोभिड महामारीको दोस्रो संक्रमणको लहर दिनानुदिन बढिरहरेको र बाँके अत्ति नै प्रभावित भई चपेटामा परिरहेको अवबस्थालाई मध्यनजर गर्दै बेटर बाँकेद्वारा अक्सिजन सहितको एम्बुलेन्स सेवा कोहलपुर नगरपालिकासंग सहकार्य गर्दै जिल्लाभर सेवा दिने उद्देश्यका साथ संचालनका लागि सहयोग गरिएको बेटर बाँकेका अध्यक्ष युबराज देबकोटाले बताए ।


निःशूल्क एम्बुलेन्स सेवाका लागि अस्ट्रेलियामा अध्ययनरत अर्जुन रेग्मी र विकास अधिकारी लगायतका नेपाली यूवाको सहयोगले मानविय सेवा गर्न सकिएको बेटर बाँकेका ऋषि थापाले जानकारी दिए ।

सुरुवातमा उनीहरुको समूहले आवश्यक सहयोगको लागि सहकार्य गरेका छन् । टेलिमिडिसिन, अक्सिजन लगायतका अन्य थप सेवाहरु पनि सिघ्र संचालनमा आउने थापाले बताएका छन् ।

बेटर बाँकेको एम्बुलेन्स आवश्यक परेमा कोहलपुर नगरपालिकका नगर स्वास्थ्य प्रमुख अनिलसेन ठकुरीको ९८५८०२०५२२,बेटर बाँकेका अध्यक्ष युवराज देवकोटा ९८६८०२०७८७, बेटर बाँके सल्लाहकार तथा वरिष्ठ पत्रकार विष्णुप्रसाद बेल्वासे ९८५८०२१९३६ र एम्बुलेन्स चालक ९८५८०८३१५५ लाई सम्पर्क गर्न सकिने बताईएको छ । एम्बुलेन्स सेवामा प्राविधिक सहयोग सामुदायिक सेवा केन्द्र कोहलपुरको रहेको संस्थाकी सचिव मन्जु कोइरालाले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अक्षय तृतिया : सातु र सर्वत दान एवं सेवन गरी मनाईदै

३० बैशाख २०७८, बिहीबार १९:४६
नेपालगञ्ज :  वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधान अनुसार  आज  सबेरै उठी घर लिपपोत  गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरि दियो, कलश र गणेशलाई  पूजा  गरी  कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी […]