कोहलपुरमा निःशुल्क छाला रोग शिविर

सदरलाइन संवाददाता १७ असार २०७९, शुक्रबार १६:४२
 

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले शुक्रबार निःशूल्क छाला रोग शिविर आयोजना गरेको छ । कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको शिविरमा छाला तथा यौन रोगका बिरामीहरुले स्वास्थ्य सेवा लिएका थिए ।

भेरी अस्पतालका कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा.बद्री चापागाईले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । अधिकांशमा दाद, लुतो, एलर्जिलगायतका समस्या देखिएको डा.चापागाईले जानकारी दिए ।

शिविर उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले छाला तथा यौन रोगको समस्याबारे अझैपनि बिरामीहरु खुलेर आउन नसकेको अवस्थामा नगरपालिकाले ति बिरामीहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको बताए । उनले छाला तथा यौन रोग पहिचान र उपचारका लागि आगामी दिनमा नगरपालिकाका सबै वडामा यस्ता शिविरहरु आयोजना गरिने बताए ।


नगर स्वास्थ्य शाखाका प्रमुख अनिल सिंह ठकुरीले छाला तथा यौन रोग सम्वन्धि समस्या भएका विरामीलाई लक्षित गरेर विशेषज्ञ चिकित्सकै सहभागितामा शिविर गरिएको बताए ।

यसअघि बिशेषज्ञ चिकित्सककै सहयोगमा कौशिल्या अस्पतालसँग सहकार्य गरेर पन्ध्र वटै वडामा जेष्ठ नागरिकलाई लक्षित गरेर निःशूल्क शिविर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा भानुभक्तको शालिक अनावरण

१७ असार २०७९, शुक्रबार १६:४२
नेपालगञ्ज : नेपालगञ्जको न्युरोडमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिक अनावरण गरिएको छ । शालिकको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले शनिवार विहान अनावरण गरेका हुन् । शालिक अनावरणमा लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य […]