नेपालगञ्जले भेरीमा स्वास्थ्यकर्मी खटायो

सदरलाइन संवाददाता २० बैशाख २०७८, सोमबार १७:४०
 

नेपालगञ्ज : नेपालगञ्जमा कोभिड– १९ रोकथाम र नियन्त्रणलाई प्रभावकारी रुपमा अघि बढाउन नेपालगञ्ज उप–महानगरपालिकाले करारमा स्वास्थ्यकर्मीहरु भर्ना गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरि ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएको जानकारी दिए ।


नेपालगञ्जले भर्ना लिएका मध्ये १५ जनालाई भेरी अस्पताल नेपालगञ्जमा खटाइएको छ । यसैगरी जमुनाहस्थित हेल्थडेस्कमा १३ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ । भेरी अस्पतालमा जनशक्ति अभाव हुन नदिन उपमहानगरपालिकाले कर्मचारी भर्ना गरि खटाएको हो ।

नेपालगञ्ज विमानस्थलमा रहेको हेल्थडेस्क, विभिन्न आईसोलेसन केन्द्र र वडास्थित स्वास्थ्य संस्थाहरुमा नयाँ स्वास्थ्यकर्मीहरु परिचालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लानको सहयोगमा युनेस्को र गेररुवाद्वारा कोभिड–१९बिरुद्धको सहयोगी सामग्री हस्तान्त्रण

२० बैशाख २०७८, सोमबार १७:४०
नेपालगञ्ज : कोरोना संक्रमणका कारण हटस्पट बनेको बाँकेमा संक्रमितको उपचारमा सहयोग पुराउने उद्देश्यले प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले बाँकेका दुई वटा गैर सरकारी संस्था मार्फत ठुलो परिमाणमा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बाँके युनेस्को क्लब र गेरुवा ग्रामिण समाज संघ मार्फत प्लान नेपालले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र […]