सदरलाइनडटकम,
नेपालगञ्ज : पछिल्लो २४ घण्टामा थप दुई सय ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार थप दुई सय ५५ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
यस्तै नेपालमा अहिलेसम्म ७ हजार सात सय ५२ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा थप २ सय ५३ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या ७ हजार ७ सय ५२ पुगको हो ।
