सदरलाइनडटकम नेपालगन्जः व्यस्तता र तनावपूर्ण चुनौतीका बीच कसरी खुशी हुन सकिन्छ भन्ने विषयमा आइतवार नेपालगन्जमा अन्तरक्रिया गरिएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय एवं क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्रको सहजीकरणमा विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई खुशीयाली र सकरात्मक जीवनका रहस्य बारे जानकारी दिइएको छ ।
प्रशिक्षक रमेश भटराईले मानव जीवनमा आईपर्ने हरेक चुनौतीलाई सकारात्मकरुपमा कसरी सामना गर्ने भन्ने विषयमा जानकारी दिएका थिए । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय एवं क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्रकी प्रमुख ब्रम्हकुमारी दुर्गादेवीले आध्यात्मिक चिन्तनबाटनै खुशी सिर्जना गर्नसकिने भन्दै सबैलाई शुद्धचित्त बनाउन आग्रह गरिन् ।
संघका अध्यक्ष नन्दलाल वैश्यले व्यस्तताकाबीच पनि सबैलाई खुशी जीवन बिताउन आग्रह गरे ।
