लायन्सले मंगलबारदेखि साताव्यापी मास्क अभियान सञ्चालन गर्दै

सदरलाइन संवाददाता २५ श्रावण २०७८, सोमबार १९:४८
 

नेपालगञ्ज  : कोरोनाको संभावित तेस्रो लहरबाट जोगिन र जनचेतनामुलक सन्देश लिएर मंगलबारदेखि बाँके र बर्दियाका लायन्सहरु विभिन्न स्थानबाट एकैपटक मास्क लिएर सडकमा निस्कने भएका छन् ।

लायन्स क्लव अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि–२ अन्तरगत एरिया नं. ६ का लायन्स क्लव तथा लियो क्लवको सक्रियतामा कोभिड–१९ बाट जोगिने सचेतनामुलक कार्यक्रमसहित मास्क लिएर मानिसको अत्यन्त भिडभाड हुने ठाँउमा एकसाथ उपस्थित हुने भएका छन् ।

‘स्वाथ्यका मापदण्ड र सामाजिक दुरी कायम गर्दै एरिया नं. ६ का लायन्स क्लवहरु जो बाँके बर्दियामा छन् उनीहरुले नेपालगञ्ज, खजुरा, कोहलपुर, बाँसगढी, गुलरिया, बढैयाताललगायतको स्थानमा मंगलबार साँझ एकैसाथ एकै समय पाँच बजे मास्क बोकेर सडकमा निस्कने छन्’– लायन्स क्लव डिष्ट्रिक ३२५ बि–२ का पूर्व डिष्ट्रिक गर्भनर सेम शाक्यले भने ।


लायन्सले आफ्ना सदस्यहरु मार्फत विभिन्न सामाजिक गतिबिधिमा संलग्न हुँदै आएको बताउदै लायन्स क्लव डिष्ट्रिक ३२५ बि–२ का पूर्व डिष्ट्रिक गर्भनर शाक्यले कोरोना माहामारीको बेलामा आफु पनि संक्रमणबाट जोगिदै अरुलाई पनि संक्रमणबाट जोगाउने कार्यलाई अभियानको रुपमा लैजाने भएको बताए ।

लायन्सले महामारी नियन्त्रण र रोकथाममा  लायन्सको  प्रतिबद्धता  मास्क  लगाउनु  नै  हो आजको आवश्यकता भन्ने नाराका साथ नेपाल मास्क अभियान साताव्यापी सञ्चालन गर्ने अभियानको फोकल पर्शन नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठलाई तोकेको छ ।

यसैबीच मंगलबारदेखि सञ्चालन  गरिने अभियानको  तयारीको  बारेमा सोमबार नेपालगञ्जमा उपलब्ध लायन्स तथा लियो क्लवका लिडरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा लायन्स लिडरहरु मुकुट ढकाल, ज्ञानेन्द्रकुमार श्रेष्ठ, चिन्तामणी धिताल, कृष्णप्रसाद श्रेष्ठ, टिपि न्यौपाने, सारदा श्रेष्ठ, नरेन्द्र श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अष्ट्रेलिया टी–ट्वान्टी क्रिकेटमा इतिहासकै सर्वाधिक कम ६२ रनमा अलआउट

२५ श्रावण २०७८, सोमबार १९:४८
एजेन्सी  :  बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टी–ट्वान्टी आइ खेलमा नयाँ इतिहास रच्दै जीत निकाल्न सफल भएको छ । बंगलादेशका सफल अलराउण्डर सकिव अल हसन टी–ट्वान्टी आइमा एक हजार भन्दा बढी रन र एक सय विकेट लिने पहिलो खेलाडी बनेका छन् । सोमबार सम्पन्न अष्ट्रेलिया विरुद्धको खेलमा सकिवले उत्कृष्ट बलिङ […]

सम्बन्धित