नेपालगञ्जमा छात्रा कलेज सञ्चालनको तयारी

सदरलाइन संवाददाता २५ आश्विन २०७७, आईतवार १७:३६
 

नेपालगञ्ज : प्रस्तावित छात्रा कलेजको भवन निर्माण कार्य अन्तिमचरणमा पुगेपछि नेपालगञ्ज उपमहानगरपालिकाले कलेजको सञ्चालन र व्यवस्थापनबारे परामर्श शुरु गरेको छ ।

मेयर डा. धवल शम्शेर राणाको अध्यक्षतामा आइतवार राजनीतिक दलका प्रतिनिधी, शिक्षाविद, समाजसेवी, नागरिक समाजका अगुवालगायतसँग कलेज सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा छलफल गरिएको हो ।

छलफलबाट महेन्द्र वहुमुखि क्याम्पस नेपालगञ्जका सहप्राध्यापक तथा अधिकारकर्मी रविन्द्र कर्णको संयोजकत्वमा छात्रा कलेजको सञ्चालन र ब्यवस्थापनका सम्बन्धमा आवश्यक अध्ययन गरि प्रतिवेदन पेश गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । मेयर राणाले सञ्चालनका सम्बन्धमा विभिन्न प्रस्ताव आएको बताउँदै छात्रा कलेज उपमहानगरपालिका आफैले सञ्चालन गर्ने बताए ।


शिक्षामा कुनैपनि सम्झौता नहुने भन्दै उनले यसलाई मुलुककै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा विकास गरिने जिकिर गरे । प्रदेशसभा सदस्यसमेत रहेका नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले नेपालगञ्जमा स्थापना गर्न लागिएको छात्रा कलेज मुलुककै लागि उदाहरणीय बनाउन सबै पक्षको ध्यान पुग्नुपर्नेमा जोड दिए । धम्बोझी माविको सफलताबाट पनि नेपालगञ्जमा सरकारीस्तरमा राम्रो कलेज सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण भएको उनको भनाई छ ।

नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले छात्राहरुलाई उच्च शिक्षाका लागि सहज पार्ने उद्देश्यले कलेज स्थापना गर्न लागिएको भन्दै यसलाई विशेष महत्व दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका प्रमुख लालमणी आचार्य, डा. जनार्दन आचार्य शिक्षासह प्राध्यापक अशोक बस्नेत, रविन्द्र कर्ण, सञ्जयराज सिंह, समाजसेवी विजय गुप्ता, राप्रपाका अध्यक्ष नरेन्द्र पौडेल, नेपालगञ्जका प्रबक्ता प्रमोद रिजाललगायतले छात्रा कलेज सञ्चालन र ब्यवस्थापनका लागि सुझाव दिए ।

Next Post

बाँके प्रहरीको पर्व विषेश सुरक्षा योजना सार्वजनिक

२५ आश्विन २०७७, आईतवार १७:३६
नेपालगञ्ज  : जिल्ला प्रहरी कार्यालय बाँकेले पर्व विषेश सुरक्षा योजना सार्वजनिक गरेको छ । नेपालीहरुको ठुला चाडवाड दशै, तिहार तथा छ्ठ जस्ता पर्वलाई लक्षित गरी जिल्ला भित्र घट्न सक्ने चोरी, डकैती जस्ता अपराध लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना ल्याएको हो । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक […]