प्युठानमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

सदरलाइन संवाददाता १ बैशाख २०७८, बुधबार १५:११
 

प्युठान : जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेर स्वर्गद्वारी दर्शनमा गइरहेको गाडी प्युठानमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

दुर्घटनामा घटनास्थलमा मृत्यु भएका जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्यांजा कालिगण्डकीका श्याम न्यौपाने, कम्युटर अप्रेटर रेसुंगा नगरपालिका ७ का सूर्य पन्थी, खरिदार धुर्कोट ७ का ईश्वरी भण्डारी, जीप चालक मुसिकोट ३ का केशव कार्की तथा धुर्कोट कै यामलाल पन्थी रहेका छन् ।

घाइते मध्य गम्भिर अवस्थामा रहेका ४ जनालाई थप उपचारका लागि काठमाडौ पठाउने तयारी भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

लु १ ज १६५५ नम्बरको जीप बुधबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

Next Post

नेपालगञ्जमा पनि चार्जिङ स्टेशन

१ बैशाख २०७८, बुधबार १५:११
नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनबीच मंगलबार सम्भौता भएको छ । ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा भएको ठेक्का सम्झौताअनुसार सात प्रदेशका विभिन्न ५० स्थानमा स्टेशन निर्माण हुनेछ । जसमध्ये लुम्बिनी प्रदेशमा […]